सिद्धार्थ बैंकको नाफा पौने अर्ब, कस्ता छन् अरु सूचांक ?

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब पुर्याएको छ । बैंकको ब्याज आम्दानी ६ अर्ब ८ करोड कायम छ भने ब्याज खर्च ३ अर्ब ७९ करोड रुपैंयाँ गरेको छ । सिद्धार्थले २ अर्ब २८ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया रहेको छ । सिद्धार्थको खराब कर्जा १.६४ प्रतिशत छ भने आधार ब्याजदर १०.५९ प्रतिशत रहेको छ । ७८.७७ प्रतिशत सिसिडी रहेको बैंकको कस्ट अफ फण्ड७.४२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २५.३२ रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकले बुधबार पुनः पाँच अर्बको रिपो बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ । बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो । तर तोकिएबमोजिमको रिपो बिक्री हुन नसकेकाले पुनः बिक्री आह्वान गरिएको बताइएको छ । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले तिर्न सक्ने ब्याजसहित बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । रासस

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

काठमाडाैं । ओम डेभलपमेन्ट बैंक लि. र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वबिधालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा गराउने तथा बैंकद्धारा प्रबाह गरिने सेवा सुविधाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।