स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे १७ प्रतिशत नगद लाभांश पास
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७.५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ । एनएफआरएस अनुसार बैंकले कर पछिको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि गरी २ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । २८ वाणिज्य बैंकहरुमा २ अर्ब बढी नाफा कमाउने ५ कम्पनीमध्ये एक हो । त्यस्तै, कम्पनीको आयमा वृद्धि भई प्रतिसेयर आम्दानी ४.५६ प्रतिशतले बढेर २७.३३ रुपैयाँ पुगेको छ । बैंकको ५० प्रतिशत भन्दा बढी रुपैयाँ जगेडा कोषमा रहेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७० र आधार दर ८ प्रतिशत रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्रीगर्ने तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता हो । सेवाविकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमाबजारमा नौलो र योजनाहरु प्रस्तुत गरेको छ ।
सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सेवा सम्बन्धि सम्झौता
काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तारका लागि एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अब एशियन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले यस अघि पनि जीवनवीमा कम्पनीहरु त्था निर्जी वनवीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँने भएको छ ।