चितवनकाे भरतपुरमा वोमी माइक्रोफाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेशनल बैंकिङ्ग इन्स्टिच्यूटसँग वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ५६ जना सदस्य र स्थानिय बासिन्दाको सहभागितामा उक्त प्रशिक्षण तालिममा प्रदान गरेका छन् । वित्तीय साक्षरताको महत्ववारे संस्थाका नायव महा प्रबन्धक रविन्द्र तिमल्सेनाले तथा संस्थाको पहुँच एवं कार्यक्रम विस्तार सम्बन्धमा लेखा प्रमुख हरीप्रसाद सिग्देलले प्रष्ट पारेका छन् ।

कृषि विकास बैंककाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकको ५२ वार्षिक उत्सवकोमा कृषि विकास बैंक कर्मचारी संगठनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकको मुख्य कार्यालय सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेको थिए । उक्त कार्यक्रमको अध्यक्षता कृषि बिकास बैंकका कर्मचारी संगठनका मुख्य कार्यालय समितिका संयोजक ध्रुबबहादुर सुवेदीले गरेका थिए । १०३ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका संचालन कृष्ण निरौलाले गरेका हुन् ।

अत्याधिक सञ्चालन खर्चले देव: विकास बैंकको नाफा घट्याे, अन्य सूचक भने राम्रो

काठमाडौं । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव: विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १३ करोड २९ लाख रुपैंया खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा १४ करोड ६ लाख रुपैंया नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र सञ्चालन खर्चमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १३ करोड रहेको सो खर्च यो वर्ष १८ करोड ८० लाख पुगेको छ । बैंकले निक्षेप तथा कर्जा संकलनमा भने सन्तुलित एवं उत्साहजनक प्रगति हासिल गरेको छ । बैंकले अघिल्लो त्रैमासभन्दा करिब डेढ अर्ब वृद्धि गरी १७ अर्ब ११ करोड पुर्याउँदा कर्जा लगानी करिब १ अर्बले बढाएर १५ अर्ब ६० करोड रुपैंया पुर्याएको छ । बैंकको रिजर्भमा ६१ करोड रुपैंया रहँदा पुँजी पर्याप्तता अनुपात १६.०७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.१७ प्रतिशत, कस्ट अफ फण्ड ८.९४ प्रतिशत, सीसीडी अनुपात ७८.७१ प्रतिशत, आधार ब्याजदर ११.९१ प्रतिशत र ब्याजको स्प्रेडदर ५.०६ प्रतिशत छ । पुस महिनाको अन्तिम दिन १२७ रुपैंया रहेको बैंकको मूल्य आम्दानी अनुपात भने १२.१० गुणा मात्र रहेको छ ।