सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा दिई हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिने जानकारी दिएको छ ।

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने सिटिजन्स बैंकले क्यास व्याक(नगदफिर्ता) योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्र पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ । यस्तो नगद फिर्ताको सीमा प्रति दिन रु ५सय र प्रतिमहिना रु ३ हजार सम्म रहनेछ । देशभरि ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच दुई पक्षीय सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच दुई पक्षीय सम्झौता भएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधी बीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौता पश्चात् बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंक हाल ४६ जिल्लाहरुमा रहेको छ । देशभरि ९६ शाखाहरु, ३ हस्पितल काउन्टर, १०८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा सहित बैैैंकिङ्ग एजेन्ट मार्फत देशभर बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।