ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिकबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवंम सुविधा सम्बन्धि सम्झौता भएको छ । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशिशेखर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात एमआर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई अस्पतालले विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकको १३३शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि /सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको छ ।
उन्नतिको साधारण सभा माघ २६ गते, राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव
काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७४/०७५ को प्रतिवदेन पारित गरिने छ । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरिन पारित गरिने कम्पनीले जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्मको चुक्ता पूँजीको २.१३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गरिनेछ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस शेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्तावका रुपमा साधारण सभामा प्रस्तुत गरिने छ । बोनस शेयर र हकप्रद पश्चात कायम चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजारको ५ः१ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि पेश हुने कम्पनीका प्रमुख कार्यकारी अधिृकत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले जनाएका छन् । साथै वार्षिक साधारण सभा प्रयोजनका लागि माघ १६ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको छ ।
माछापुच्छ्रे बैंकको एकैसाथ ३ नयाँ शाखा
काठमाडौं । माछापुच्छ्रे बैंकले छुट्टा छुट्टै ३ स्थानमा नयाँ शाखाको शुरुवात गरेको छ । काठमाडाैं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेसँगै, तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द«प्रसाद महताले गरेका हुन् । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ । बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।