ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा
काठमाडौं । ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखाको विस्तार भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्ने जोड दिएका छन् । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको थियो । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डाैं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेका छन् ।
मोरङको उर्लाबारीमा कामना सेवाको नयाँ शाखा
काठमाडौं । कामना सेवा विकास बैंकको ६४औं शाखा प्रदेश नम्बर १ को मोरङको उर्लाबारीमा उद्घाटन भएको छ । उक्त बैंकको उद्घाटन बैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरेका थिए । प्रदेश नं. १, २ र ५ का विभिन्न ग्रामिण इलाकामा एवंम उपत्यकामा गरि २३ शाखा कार्यालय रहेका छन्र । काठमाडौं नगरपालिका ३० ज्ञानेश्वर केन्द्रिय कार्यालय रहेको बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको शाखा सौराहामा
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका निर्देशक बाबुकाजी थापाले उक्त निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका थिए । उठेको राजस्व रकम रु.१२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भएको बताए । बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा/गिट्टी/बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत रु. १० लाख राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार विमल बास्तोला लगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।