ब्याजदर वृद्धिसँगै उद्योग वाणिज्य संघ चितवनको ध्यानाकर्षण

<p>काठमाडौं । बैंक तथा बित्तीय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग वाणिज्य संघ चितवनले  गम्भीर ध्यानाकर्षण रहेकाे जनाएको छ। संघले प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तीय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप लगाएको हो । चर्को ब्याजदर वृद्धिका कारण निजी क्षेत्रबाट [&hellip;]</p>

काठमाडौं । बैंक तथा बित्तीय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग वाणिज्य संघ चितवनले  गम्भीर ध्यानाकर्षण रहेकाे जनाएको छ। संघले प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तीय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप लगाएको हो ।

चर्को ब्याजदर वृद्धिका कारण निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत वृद्धि भएको र नयाँ परियोजना ल्याउन नसकिने स्थिति सृजना भएको छ ।

” अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा व्याजदर बढाउदा बिगत र वर्तमानको लगानीलाइ प्रतक्ष्य प्रभाव पार्ने संघको ठहर छ ।

उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमतामा ह्रास भएर लगानीलाई निरुत्साहित गर्ने संघको टिप्पणी छ ।

बढ्दो व्याजदरलाइ नियन्त्रण गर्न संघले सरकार, अर्थ मन्त्रालय लगाएत अन्य सरकारी निकाय समक्ष माग समेत गरेको छ ।

Share News