आइतबार मेगा बैंकको ३० वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)
काठमाडौं । आइतबार(आज) मेगा बैंकको ३० वटा शाखा खुल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल ३० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ५ वटा, प्रदेश ३ को १० वटा, प्रदेश ४ को २ वटा, प्रदेश ५ को ५ वटा, प्रदेश ६ को २ र प्रदेश ७ को २ वटा गरी देशभरका ३० वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।
एनआईसी एशिया बैंकका ग्राहकले मेरो किरानाबाट सामान खरिद गर्दा छुट
काठमाडौं । मेरो किराना अनलाईनले सामान खरिद गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने भएकाे छ। सो छुट रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाइनेछ । मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५ सय रुपैयाँसम्म र बढीमा १ हजार रुपैयाँसम्म रकम फिर्ता पाउने व्यवस्था छ । यो योजना चैत मसान्तसम्म लागु हुने बैंकले जानकारी दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो । बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालय, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका २१ लाखभन्दा बढी ग्राहक तथा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छ । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सनराइज बैंकले सातै प्रदेशमा पिपिइ वितरण गर्दै
काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) २५–२५ थान दिएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो । शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइसाथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई २५ थान पिपिइ हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै प्रहरी तथा अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको जानकारी दिएका छन् । कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) उपकरण वितरण गर्ने जानकारी दिए ।