सांग्रिला डेभलपमेन्ट बैंकको बैंकिङ् सेवामा समस्या भयो ? अब यो नम्बरमा कल गर्नुस् ?

काठमाडौं । देशभर लक डाउन भएकाे अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यससँगै ग्राहकले अनलाइन सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी संस्थाको बैंकिङ्ग सेवाहहरु लिन सक्नेछन् । संस्थाले प्रदान गरेको उक्त सेवाको बारेमा जानकारी लिन ग्राहकले बैंकको विभिन्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । साथै, उक्त सेवामा केही अप्ठ्यारो परेमा विभिन्न क्षेत्रका ग्राहकले संस्थाले उपलब्ध गराएको निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ । केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ । ‘पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ,’ राष्ट्र बैंक संचालक समितिका एक सदस्यले विकासन्युजसँग भने । राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् । यसमध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए । यसअघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडीसहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।

कोरोना उपचार कोषमा धितोपत्र बोर्डले दियो ५० लाख, सेयर कारोबार गर्ने सबैलाई पैसा हाल्न अपिल

काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न सरकारले आह्वान गरेपछि बोर्डले उक्त निर्णय लिएको बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डले यस विपत्तीको घडिमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन हुन समेत नेपाल धितोपत्र बोर्ड अनुरोध गरेको उनले जानकारी दिए ।