काेराेना राेकथामका लागि कृषि विकास बैंककाे एक करोड २५ लाख सहयाेग

काठमाडौं । कृषि विकास बैंकले कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा बैंकले सो मात्राको रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । कोभिड-१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड-१९ कोरोना नामक भाईरससंग सावधानी पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन उक्त सहयोग गरेको हो । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

काेराेनाकाे जाेखिम न्यूनिकरण गर्न नेपाल बैंककाे १ कराेड सहयाेग

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न १ करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंक सञ्चालक समितिको बैठकले कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले गरिरहेकाे काममा सघाउ पुर्याउने उद्धेश्यले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने भएको हो । उक्त रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जनाएकाे छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन हिमालयन बैंकले चाल्याे यस्ताे कदम

काठमाडौं । हिमालयन बैंकले कोरोना संक्रमणको महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ । जसबाच बच्न बैंकले स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरुलाई आत्मसाथ गर्दै बैंकले उक्त कदम चालेको हो । आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ । त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग सम्पर्क गर्नु पर्ने भएकोले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तापक्रम नापि निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसँग आवश्यक परामर्श गर्न आग्रह गरेको छ ।