कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल राष्ट्र बैंकले १९ बुँदे प्याकेज ल्याएको छ । राष्ट्र बैंकले आजै सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरुले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ । ‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/त्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तो छ १९ बुँदे सर्कुलर [pdf id=204225]
अरबौंको किस्ता सार्न र जरिवाना नलिन यातायात व्यावसायीले अर्थमन्त्रालयलाई बुझाए ज्ञापन पत्र
काठमाडौ. । बैंककहरुबाट प्रवाह गरिएको ऋणको किस्ता सार्न र जरिवाना नलिन नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले अर्थ मन्त्रालयलाई ज्ञापान पत्र बुझाएको छ । आइतबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका पधाधिकारीहरुले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना ज्ञापनपत्र बुझाएका हुन ।
सनराइज बैंकले पाटन अस्पताललाई दियो २० थान पीपीई
काठमाडौं । सनराइज बैंकल पाटन अस्पताललाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले अस्पतालका डा.विष्णु प्र. शर्मालाई सो मात्राको पीपीई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छन् । विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ । यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।