कुमारी बैंकले सबै प्रदेश सरकारकाे काेषमा ७० लाख सहयोग गर्ने, गण्डकी प्रदेशलाई आजै १० लाख
काठमाडाैं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पुर्याउने भएको हो । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त रहेकाे छ । चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेकाे बैंकले जनाएका छ । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
एनएमबि बैंकले सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने
काठमाडौं । एनएमबि बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने भएको छ । बैंकले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका सरकारले स्थापना गरेको कोरोना सहायता कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । जसको लागि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले बताएकाे छ । दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु नै यस पहलको उद्देश्य रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको बैंकले जनाएको छ ।
कोरोना रोकथामको लागि कृषि विकास बैंकले प्रदेश १ लाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । कृषि विकास बैंकले कोरोना भाईरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि १ नम्बर प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो रकम सहयोग गरेको हो । कृषि विकास बैंकका १ नं. प्रदेशका प्रमुख घनेन्द्र अधिकारीले मुख्यमन्त्री शेरधन राईलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा खडा गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । साथै बैंकले लक डाउनको समयमा चैत १८ गतेदेखि २५ गतेसम्म देशभर खुल्ला रहने आफ्ना कार्यालयहरुको सूचि सार्वजनिक गरेको छ । बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर दैनिक ७० वटा भन्दा बढी शाखा सञ्चालन गर्ने जनाएको छ । चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६ वटा कार्यालय खुल्नेछन् । चैत २१ गते देशभरका ७३ वटा शाखा खुल्नेछ २२ गते ८० वटा शाखा खुल्ने छ । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा खुल्ला रहने बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । बैंकले सेवाग्राहीलाई एटिएम र मोबाइल बैंकिङ उपयोग गर्न अनुरोध गरेको छ । बैंकले लकडानको समयमा शाखा खोलेर निक्षेप राख्ने र झिक्ने बैंकिङ सेवा प्रदान गरिरहेको छ ।