
काठमाडौं । लकडाउनको समयमा पनि नबिल बैंक र माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु खुल्ने भएका छन् ।
जसमध्ये बुधबार मात्रै नबिल बैंकको ३४ वटा र माछापुच्छ्रे बैंकको २९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । उनीहरुले बुधबार एक सुचना मार्फत उक्त जानकारी गराएका हुन् ।
नबिल बैंकले जारी गरेको सूचना अनुसार बैंकको आज ६ वटा प्रदेशका ३४ वटा शाखा खुला हुने भएका छन् । प्रत्येक शाखा ११ देखि १ बजेसम्म खुला हुने बैंकले जनाएको छ । कर्णाली प्रदेशमा भने सोही प्रदेश सरकारले बिदा दिएको कारण बैंकको शाखा पनि बन्द हुने छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको पनि ६ वटा प्रदेशका २९ वटा शाखा खुल्ने भएका छन् । उक्त शाखा कार्यालयहरु विभिन्न समयमा खुल्ने बैंकले जानकारी गराएको छ ।
