कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान
काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्ध अग्रसर हुन स्थापित सरकारको कोभिड-१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष उक्त रकमकाे चेक प्रदान गरेका हुन् । कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । यस बाहेक बैंकले अनलाइन व्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जँहा एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिनेछ । ‘हामी विश्वस्त छौं कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दिगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पुर्याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्ध छ’, प्रमुख कार्यकारी अधिकृत के.सी. ले भने ।
कोरोना विरुद्ध लड्न माछापुच्छ्रे बैंककाे १ करोड ६ लाख रूपैयाँ सहयोग, प्रत्येक प्रदेशलाई ५/५ लाख
काठमाडाैं । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न १ करोड ६ लाख रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ । साथै, बैंकले सात वटै प्रदेश सरकारलाई ५/५ लाख रूपैयाँका दरले कुल ३५ लाख रूपैयाँ रकम सहयोग हस्तान्तरण गरिसकेको छ । बैंकले चैत २० गते बिहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५/५ लाख रूपैयाँका दरले कुल ३५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो । यसअघि बैंकले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख रूपैयाँ खर्च भएको जनाएको छ । बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख रूपैयाँ सहयोग गरेको हो । बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्तर्गत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ । साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै, बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिन सम्पूर्ण ग्राहकहरुमा आग्रह गरेको छ ।
एनसीसी बैंककाे कुन कुन शाखा खुले ? (सूचीसहित)
काठमाडाैं । एनसीसी बैंकले बिहीबार(आज) ४७ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिइरहेकाे छ । लकडाउनकाे परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएकाे छ । यस अवधिमा ग्राहकले बैंककाे बैकिङ्ग सुविधा (नगद काराेबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्राेनिक चेक क्लियरिङ सेवा) लिन सक्नेछन् । साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । प्रदेश १ का शाखाहरुः विराटनगर, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन । (सम्पर्क व्यक्तिः राम नाथ गौतम, फोन नंः ९८५१०५३९१५) प्रदेश २ का शाखाहरुः मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी । (सम्पर्क व्यक्तिः समिर आचार्य, फोन नं: ९८५२०२७३०५) बाग्मती प्रदेशका शाखाहरु: तीनकुने, थिमी, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल । (सम्पर्क व्यक्तिः शरद जी राज, फोन नं: ९८५११०१०४०) सामाखुसी, लुभु, चापागाँउ दोबाटो । (सम्पर्क व्यक्तिः अर्जुन जंग सिलवाल, फोन नं: ९८५११०१०९०) हेटौडा, गैंडाकोट । (सम्पर्क व्यक्तिः सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३) गण्डकी प्रदेशका शाखाहरु: न्यूरोड–पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर । (सम्पर्क व्यक्तिः सुमन आचार्य, फोन नं: ९८५१२३४२१८) प्रदेश ५ का शाखाहरु: जीतपुर, दंगीशरण, अर्गली, सत्यवती, सुलिचौर, घोराही । (सम्पर्क व्यक्तिः मेघ नाथ पाण्डे, फोन नं: ९८५७०२८२६०) कोहलपुर । (सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४) कर्णाली प्रदेशका शाखाहरु: बिरेन्द्रनगर, जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर । (सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४) सुदूर–पश्चिम प्रदेशका शाखाहरु: अत्तरिया, दिपायल, बैतडी, लम्की । (सम्पर्क व्यक्तिः संगिता शर्मा चटौत, फोन नं: ९८५८७५१९७०)