नेपाल एसबिआई बैंकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड सहयोग गर्ने निर्णय

काठमाडौं ।  बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयो गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्ने जानकारी दिएको छ । यसका साथै बा“कीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ । बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।

प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा दियो १ करोड रुपैयाँ

काठमाडौं । प्रभु बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड १ लाख रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । चैत २० गतेका दिन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।

काेराेना उपचार काेषमा प्राइम बैंककाे १ कराेड ७५ लाख सहयाेग, लकडाउनकाे बेलामा ८४ शाखाबाट सेवा सुचारू

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस रोकथाम,  नियन्त्रण तथा उपचार काेषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त काेषमा सहयाेग गर्ने बैंकहरू मध्ये अहिलेसम्म प्राइम बैंक सबैभन्दा धेरै रकम हाे । महामारी राेकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले विकासन्युजसँग भने । लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए । लक डाउनकाे बेलामा बैंकले ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए । ‘यस्ताे बेलामा हामीले जागिर खाने हाेइन, ड्युटी निर्वाह गर्ने हाे’ उनले भने । महामारीकाे बेलामा पनि स्वास्थ्य कर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीले पनि आफ्नाे कर्तव्य निर्वाह गरिरहेकाे उदाहरण दिदै बैंकका कर्मचारीलाई पनि आफ्नाे कर्तव्य निर्वाह गर्न प्रेरित गरेकाे उनले बताए ।