कोरोना उपचार कोषमा सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग

  काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना उपचार कोषमा १६ लाख रुपैयाँ दिएर सहयोग गरेको छ । हाल माहामारीको रुपमा विश्व भर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध नेपाल सरकारकोतर्फबाट संक्रमण रोकथामको प्रयासलाई सह्राना गर्दै सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ । ‘कोरोना भाइरसबाट आपूm पनि बचौँ, अरुलाई पनि बचाऔँ’ भन्दै कम्पनीले लकडाउन अवधिभर घरमै बसी नेपाल सरकारको प्रयासमा सहयोग गर्न सर्बसाधारणलाई अपिल पनि गरेको छ ।

एनआईसी एशियाकाे अनलाईन खातामा २१ लाख बीमा, पहिलाे मोबाइल बैंकिङ्गमा ५ सय फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय रुपैयाँ सम्म रकम फिर्ता दिने भएको छ । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् । खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्ने व्यवस्था छ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५ सयसम्म रकम फिर्ता पाउन सक्नुहुनेछ । यसबाहेक देशभरका २ हजार ५ सयभन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार रुपैयाँ सम्मको रकम फिर्ता पाउने व्यवस्था छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको कठिन अवस्थामा आफ्ना ग्राहक सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । । बैकले मुलुकभरी ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । हालसम्म २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । भने बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले पछिल्लो समय बित्तिय संख्या नपुगेको दुर्गम ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

कामना सेवाले धनगढी उप-महानगरपालिकालाई दियो १ लाख बराबरको खाद्यान्न सामग्री

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप-महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप-प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप-महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप-महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत वितरण गरिने बताए । हाल नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।