मेगा बैंकले प्रदेश नम्बर ५ लाई पनि दियाे ५ लाख रूपैयाँ
काठमाडाैं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि पछिल्लो पटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्। यससँगै बैंकले नेपालका ७ वटै प्रदेशलाई ५-५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेकाे छ । मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५-५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
लकडाउन भर कृषि विकास बैंकको २०७ वटा शाखा खुल्ने, कुन शाखा कहिले ? (सूचीसहित)
काठमाडाैं । कृषि विकास बैंकले हाल जारी रहेकाे लकडाउनकाे अवधिभर देशभरका २०७ शाखा कार्यालय खाेल्ने भएकाे छ । बैंकले आज चैत २६ गतेदेखि आगामी २०७७ बैशाख ३ गतेसम्म ७ वटै प्रदेशका विभिन्न शाखाहरूबाट बैंकिङ सेवा दिने एक सूचना मार्फत जानकारी गराएकाे छ । उक्त सूचनामा बैंकले कुन शाखा कुन दिन कुन समयमा खाेल्ने सबै उल्लेख गरेकाे छ । साथै, बैंकले ग्राहकलाई सजिलाे हाेस् भन्ने हेतुले उक्त शाखाका सम्बन्धित व्यक्तिहरूकाे सम्पर्क नम्बर पनि उपलब्ध गराएकाे छ । यसै अनुसार ग्राहकले आफुलाई पायक पर्ने नजिकैकाे शाखाहरूबाट बैंकले दिने बैंकिङ सेवा सुविधा अर्थात निक्षेप राख्न र नगद झिक्न सक्नेछन् । बैंकले एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी सेवा सञ्चालन गरिएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् । बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा प्रशासन प्रमुख निर्मल प्रसाद उपाध्ययाले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन गरिरहेका बैंकले जनाएकाे छ । ललितपुर शाखाबाट सेवा दिँदै त्यस्तै, बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटीएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । साथै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पोरेट कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। कुन शाखा कहिले कुन समयमा खुल्छन् ? [pdf id=206617]
आज कुमारी बैंककाे कुन शाखा कति बजेसम्म खुल्छन् ?
काठमाडाैं । आज चैत २६ गते बुधबार कुमारी बैंककाे देशभरका विभिन्न शाखाहरू खुल्ने भएका छन् । बैंककाे विभिन्न प्रदेशकाे केहि शाखाहरु खुल्ला रहने एक सूचना मार्फत जानकारी गराएकाे छ । साथै, हालको बिषम परिस्थितिमा बैंकका इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत अन्य डिजिटल बैंकिङ प्रणालिको भरपुर सदुपयोग गर्नका लागि बैंकले आहवान गरेकाे छ । कुन शाखा कति बजेसम्म खुल्छन् ?