आज माछापुच्छ्रे बैंकको ५२ वटा शाखा खुल्ने (सूचीसहित)
काठमाडौं । माछापुच्छ्रे बैंकले आज(शुक्रबार) देशभरका ५२ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ९ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ९ वटा र प्रदेश ५, प्रदेश ६ तथा प्रदेश ७ को ४/४ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएकाे छ । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।
प्रभु बैंकद्वारा कर्णाली प्रदेशका ६ स्थानीय तहलाई खाद्यान्न र नगद सहयोग
काठमाडाैं । प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशिक कार्यालय कर्णाली सुर्खेतको सामन्व्य मा कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा चार लाख पचास हजार रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रदेशिक कार्यालयका सम्बन्ध अधिक्रित जगदिश चन्द्र मिश्रले बताए। उनका अनुसार बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको हो ।
आरबीबीको सञ्चालक समिति श्रेष्ठको कार्य प्रगतिप्रति उत्साहित, उनी नै सीइओमा दाेहाेरिए
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनी बैंकमा चार वर्षका लागि पुनः सीईओकाे रूपमा नियुक्त भएका हुन् । राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले उनलाई पुनः सीईओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा दाेस्राे कार्यकाल भएकाे छ । श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले उनकाे कार्यकालमा उल्लेख्य प्रगति गरेकाे भन्दै पुनः उनलाई नै दाेहाेर्याउने निर्णय गरेकाे हाे। सीइओ श्रेष्ठको कार्यकाल सकिनु अघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । सोही समितिले श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको बताइएकाे छ । उनले बैंककाे प्रगतिमा धेरै राम्राे राम्राे काम गरेकाे देखिएपछि साे समितले उनलाई नै सीईओकाे रूपमा दाेहाेर्याउने निश्कर्षसहित पुनः सीईओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । उनकाे कार्यकाल सकिनुअघि साे समितिले उनीसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान पनि मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता निश्कषमा समिति पुगेकाे बुझिएकाे छ । श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा सीईओकाे रूपमा आइसकेपछि धेरै प्रगति भएकाे छ । खरावकर्जा घट्नेदेखि प्रविधिगत क्षेत्रमा बैंक अगाडि देखिएकाे छ । उनकाे नेतृत्वमा नै बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।