आज माछापुच्छ्रे बैंकको ५२ वटा शाखा खुल्ने (सूचीसहित)

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले आज(शुक्रबार) देशभरका ५२ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ९ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ९ वटा र [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(शुक्रबार) देशभरका ५२ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो ।

बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ९ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ९ वटा र प्रदेश ५, प्रदेश ६ तथा प्रदेश ७ को ४/४ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।

Share News