आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरलाई दियो राफ्ट स्कूटर
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिका लाई ५ वटा राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । बिहीबार ललितपुरमा एक कार्यक्रममा आयाेजना गरी कम्पनीले ललितपुर महानगरपलिकालाई स्कूटर हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक नेपालको लागि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु आधिकारिक विक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । याे स्कुटर एक पटक फुल चार्जे गर्दा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर सुविधा हुने बताए । यस्तै, नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेसपोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।
कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए । ‘मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईहलाई यो उपयुक्त अवसर हो,’ उनले भने, ‘प्रत्येक मुलुकको वा शहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस ।’ उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए । ‘नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईहरुसँगै हुनेछौ । यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,’ उनले भने । यस्तै, उनले नेपालको अर्थतन्त्रका केही सुचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्नद नमिल्ने बताएका छन् ।
अर्थमन्त्री माथिको छानबिन समितिको म्याद ७ दिन थप
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो ।
गुराँस लाइफले गर्यो २६ लाखको मृत्यु दाबी भुक्तानी
काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँकाे दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हाे । कम्पनीले राैताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३-१३ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल (सीइओ)ले उक्त रकमकाे चेक हस्तान्तरण गरे । सीइओ लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।
समृद्धि फाइनान्सका ग्राहकलाई पुतलीसडककाे थर्टी टु क्याफेमा छुट
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एंड कफी स्टेशनबीच सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटेल थर्टी टु क्याफे एंड कफी स्टेशनले फूड र बेभरेजमा १० प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट दिने छ । थर्टी टु क्याफे एंड कफी स्टेशन पुतलीसडकमा शंकरदेव क्याम्पस नजिकै रहेको छ । सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोद राज पौडेल र थर्टी टु क्याफे एंड कफी स्टेशनका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन् । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
सरुवा रोग बढेपछि बजार अनुगमनमा तात्यो विभाग, ६ दिनमा ३७ उद्योगमा निरिक्षण
काठमाडौं । पछिल्लो समय सरुवा रोग बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंले खाद्य स्वच्छता तथा गुणस्तर निरिक्षण अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । गर्मी मौसम तथा वर्षायामका कारण काठमाडौं उपत्यका लगायत केही स्थानमा झाडापखाला लगायत विभिन्न संक्रमित रोगहरु देखिएपछि विभागले अनुगमन गरेको थियो । एक साताको अवधिमा विभागले ३७ वटा उद्योगमा निरिक्षण गरेको हो । विभागले असार २५ गतेदेखि असार ३१ गतेसम्म ९६ दिनको अवधिमा दैनिक २ वटा खाद्य निरिक्षकहरुको अनुगमन टोलीहरु पठाएर बजार अनुगमन गरेको थियो । उक्त टोलीले प्रशोधित पिउने पानी तथा होटल रेष्टुरेन्ट क्यान्टिनमा बिक्री वितरण गरिने खाद्य पदार्थको निरिक्षण गरेको थियो । विभागको अनुगमन टोलीले २ वटा प्रशोधित पिउने पानीको उद्योग, २१ वटा होटल तथा रेष्टुरेन्ट, ५ वटा मिठाई तथा वेकरी पसल, ३ वटा दुग्ध उद्योग, १ वटा गुदपाक उद्योग, ३ वटा किराना तथा सुपरमार्ट, १ वटा दाना उद्योग, १ वटा आलु चिप्स उद्योगको निरिक्षण अनुगमन गरेको थियो । खाद्य ऐन नियम बमोजिम जार तथा बोटलका प्रशोधित पिउने पानीका १ थान नमुना, नौनी र घ्यूको २ थान नमुना, मक्कैको २ थान नमुना, गुदपाकको १ थान नमुना, खुल्ला दुधको १ थान नमुना र १ वटा पानीपुरिमा प्रयोग हुने पानीको नमुना संकलन गरिएको थियो । साथै १३ थान पुराना जारहरु नष्ट गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागको टोलीले बनेपा नगरपालिका ७ काभ्रेममा रहेको बुद्ध लण्ड मेलम्ची मिनरल वाटरको ८ वटा पुराना जार नष्ट गरी पानीको नमुना संकलन गरेको थियो । त्यस्तै, बनेपा नगरपालिका १० काभ्रेमा रहेको अक्वा फ्रेस प्रोसेस ड्रिंकिङ्ग वाटरको पनि ५ वटा पुराना जार नष्ट गर्न लगाएको छ । अन्य कम्पनीलाई पनि सरसफाइमा सुधार गर्न निर्देशन दिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । विभागले काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा अनुगमन निरिक्षण गरेको थियो ।
४३५ जनामा कोरोना संक्रमण पुष्ट, सक्रिय सङ्क्रमित २५ सय नाघ्यो
काठमाडौं । पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार बिहीबार ५६ जना डिस्चार्ज भएका छन् र योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ पुगेको छ ।
साथीमार्टले ल्यायो साथी पार्टनर्स कम्पनी : पूँजी डेढ अर्ब पुर्याइने, आईपीओ पनि निकाल्ने
काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको हाे । यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलाेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, म:म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीका अध्यक्ष तथा साथीमार्टका सीईओ सागर पोखरेल बताए । । कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीकाे संचालकमा ५ जना रहेकाे पाेखरेलले जानकारी दिए । ७ वटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन, रिटेल, टेक्नोलोजी, अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पूँजी ५० करोड र चुक्ता पूँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पूँजी पुर्याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू जोड्ने लक्ष्य राखेकाे जनाएकाे छ । यसका साथै, कम्पनीले २०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ५० करोड पुर्याई आईपीओमा समेत जाने लक्ष्य रहेको जनाएको छ ।