काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र थर्टी टु क्याफे एंड कफी स्टेशनबीच सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटेल थर्टी टु क्याफे एंड कफी स्टेशनले फूड र बेभरेजमा १० प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट दिने छ ।
थर्टी टु क्याफे एंड कफी स्टेशन पुतलीसडकमा शंकरदेव क्याम्पस नजिकै रहेको छ ।
सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोद राज पौडेल र थर्टी टु क्याफे एंड कफी स्टेशनका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन् ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।