आयकर तिर्ने कैलाश हेलिकप्टर तेस्रो पटक सम्मानित

काठमाडौं । १५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालयले सोमबार एक समारोहका बीच उक्त कम्पनीलाई सम्मान गरेको जनाएको छ । 

कार्यालयको क्षेत्राधिकारभित्र रहेका करदाताहरूमध्ये आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरी कम्पनीले यो सम्मान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचनलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । 

कम्पनी यसअघि पनि ९औं र १३औं राष्ट्रिय कर दिवसमा सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भइसकेको छ । यसरी तेस्रो पटक (लगातार) सम्मान प्राप्त गर्नु कम्पनीका लागि गर्व र प्रेरणाको विषय बनेको अध्यक्ष शेरचनद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

यो महत्वपूर्ण उपलब्धिले करप्रतिको जिम्मेवारी, पारदर्शिता र व्यावसायिक प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । 

साथै, आगामी दिनमा पनि प्रचलित कर कानुनको पूर्ण पालना गर्दै एक जिम्मेवार करदाताका रूपमा राष्ट्रको आर्थिक विकासमा निरन्तर योगदान पुर्याउन प्रतिबद्ध रहेको कैलाश हेलिकप्टर सर्भिसेजले स्पष्ट पारेको छ ।   

null

Share News