स्वदेश फर्किए प्रधानमन्त्री बालेन, मोदीलाई गरे धन्यवाद ज्ञापन

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।

उनी केहीबेर अघिमात्रै स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको टोलीसहित आइतबार भारत प्रस्थान गरेका थिए । उनको यो पहिलो औपचारिक भ्रमण हो ।

स्वदेश फर्किएसँगै प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत मोदीलाई धन्यवाद ज्ञापन गरेका हुन् ।


 

Share News