काठमाडौं । नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी गरिएको २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा उक्त सहमति भएको उल्लेख छ ।
संयुक्त विज्ञप्तिको आठौं बुँदामा दुवै देशका प्रधानमन्त्रीले नागरिक उड्डयन क्षेत्रमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिँदै हवाई कनेक्टिभिटी विस्तार र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी- ३४५ काठमाडौं-भैरहवा-लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा दुवै पक्ष सहमत भएका हुन् ।
सहमति कार्यान्वयनका लागि आवश्यक मोडालिटीलाई अन्तिम रूप दिन नेपाल र भारतबीच प्राविधिक परामर्श गरिने पनि जनाइएको छ ।
यकास साथै नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित दुवै देशका अन्य प्रस्तावमाथि पनि प्राविधिक छलफलमार्फत टुंगो लगाइने जनाइएको छ ।