काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गरेका छन् ।
सोमबार (आज) राष्ट्रपति भवनमा दुईबीच भेट भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए ।
त्यसैगरी, भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित विभिन्न सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।