काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको म्याद थप भएको छ ।
समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।
१० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो ।