कर प्रशासनले ऋणी माथि कडाइ गर्दा कर्जाको माग हुन छाड्यो, ब्याजदर घट्दै
काठमाडौं । कर प्रशासनले ऋणीमाथि कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग हुन छाडेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत व्यवसायीले बैंक र कर कार्यलयमा पेश गरेको एउटै वित्तीय विवरण हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले कर चुत्ता गरेको विवरण बुझाएपछि मात्र कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि व्यवसायीले असारमा स्वीकृत भएको ऋण पनि लगेका छैनन् । यस्तै नयाँ ऋण माग्न व्यवसायी नआएको बैंकरले बताएका छन् । बैंकसंग अहिले पर्याप्त लगानीयोग्य पुँजी रहेको अवस्थामा व्यवसायीले स्वीकृत भएको र नयाँ ऋण लिन नआएको बताएका छन् । साउनयता कर्जाको माग नआएको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले बताए । कर कार्यालय र बैंकमा बुझाउने एउटै विवरण हुनुपर्ने र कर चुत्ता भएको प्रमाणपत्र पेश गरेपछि मात्र ऋण पाउने व्यवस्थाले ऋण लैजानेको संख्यामा कमी आउने संकेत देखिएको सेन्चुरी कमर्शियल बैंकका सीईओ तुल्सीराम गौतम बताउछन् । “अहिले समस्या देखिएको छैन, तर आउने संकेत देखिएको छ” उनले भने । आर्थिक वर्ष भरखरै सुरु भएकाले तत्काल यो समस्या नदेखिएको पनि हुन सक्ने उनको भनाई छ । मेगाा बैंककी सीईओ अनुपमा खुँन्जेली पनि कर चुत्ता प्रमाणपत्र र एउटै वित्तीय विवरणले कर्जा लगानीमा समस्या पर्ने संकेत देखिएको बताउछिन् । विकास न्युजसंग कुरा गर्दै उनले अहिले केही संकेत देखिएको र आगामी दिनमा कर्जा प्रवाह कम हुने अवस्था आउन बताइन । कर चुत्ता प्रमाणपत्र पेश गरेपछि मात्र कर्जा प्रवाह गर्ने राष्ट्र बैंकको निर्देशन कार्यन्वयन गर्नुपर्ने उनले जानकारी दिइन । पहिला ग्राहक पहिचान (केवाइसी) ले निक्षेप परिचालन घटाएको जस्तै कर चुत्ता र एउटै वित्तीय विवरणले कर्जाको माग घटाउने संभावना देखिएको उनको भनाई छ । यसका लागि कर्पोरेट हाउस पनि पारदर्शी हुनुपर्ने उनको सुझाव छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एक साताको अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन मौद्रिक उपकरणमार्फत बजारबाट ३.२ प्रतिशत ब्याजदरमा ५७ अर्बै रुपैयाँ उठाएको छ । असारमा सरकारले खर्च बढाएपछि बैंकिङ प्रणालीमा अधिक तरलता भएको हो । सोमबारसम्म प्रणालीमा ९७ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । लगानीयोग्य पुँजी नभएपछि साउनदेखि दिने गरी ऋण स्वीकृत गरेका थिए । असारमा बैंकबाट व्यवसायीले मागेको जति कर्जा नपाएपछि साउनदेखि दिने भनिएको थियो । राष्ट्र बैंकले पुरानै ऋण नवीकरण गर्दा पनि कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेको छ । प्रणालीमा अधिक तरलता रहेको र कर्जाको कर चुत्ताका कारण कर्जाको माग घट्न थालेपछि कर्जाको ब्याजदर पनि घटने बैंकरले बताएका छन् । हाल बैंकरले ऋणीबाट औसत १२.४० प्रतिशत ब्याज असुली रहेका छन् । अधिकाँश बैंकको आधार दर १० प्रतिशत माथि रहेकाले केही बैंकको कर्जाको ब्याजदर १५ प्रतिशत माथि छ । विस्तारै निक्षेप र कर्जाको ब्याजदर घट्दै गएको बैंकरले बताएका छन् । ट्रेडिङ व्यवसायी समस्यामा अनिवार्य कर चुत्तापछि मात्र कर्जा पाउने नयाँ व्यवस्थाले ट्रेडिङ व्यवसाय गर्नेलाई समस्या पर्ने भएको छ । भारत र चीनलगायत तेस्रो मुलुकबाट न्युन भन्सार मूल्याँकनबाट वस्तु आयात गर्नेलाई समस्या पर्ने देखिएको व्यवसायीले बताएका छन् । यथार्थ कारोबार देखाएर कर चुत्ता गर्नका लागि त्यस्ता व्यवसायीलाई समस्या हुने गरेको छ । यस्तै बैंक र कर कार्यालयमा पेश गरिने फरकफरक वित्तीय विवरणको सुचना आदनप्रदान हुने भएकाले थप समस्या आउने भएको छ ।
जाजरकोटमा १० बर्षयता बनेको खानेपानी योजना अलपत्र
जाजरकोट । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् । खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ । बारेकोट गाउँपालिका–४, जिरीका ३०० परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र खुर्पा–५का ६०० घरपरिवारलाई पानीकै पिरलो छ । भेरी नगरपालिका–१३, कुदुका ८०० घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् । जाजरकोटमा करीब १० हजार घरपरिवार खानेपानीको पहुँच बाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण पटक–पटक भाइरल इन्फ्लुएन्जा, झाडापखालालगायत महामारी फैलिने गरेको छ । महामारीकै कारण ४०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । एक आवमा तीन दर्जन योजनाका लागि रु पाँच करोड मात्र खर्चने गरिएको छ । अत्यावश्यक रहेका कतिपय गाउँमा योजना नै पर्दैनन्, बनेका योजना पनि मर्मतसम्भार अभावमा अलपत्र रहेको स्थानीय अटल आचार्यले बताए। सरकारी तथा गैरसरकारी निकायले बर्सेनी करोडौँ खर्चे पनि पानीको समस्या ज्यूँका त्यूँ रहेको स्थानीयको भनाइ छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका अनुसार जिल्लाका ३१ हजारमध्ये २४ हजार घरधुरीमा स्वच्छ खानेपानी सुविधा छ । गत आवमा स्थानीय तह र कार्यालयले १३ हजार घरपरिवारका लागि ३०० योजना निर्माण गरेका छन् । बजेट अभावमा पुराना योजना मर्मतसम्भार र नयाँ निर्माणले गति लिन नसकेको सव–डिभिजन प्रमुख महेशी महतोले बताए। रासस
डा. केसीको अनसनको विषयलाई लिएर प्रतिपक्ष काँग्रेसद्धारा राष्ट्रियसभा अवरुद्ध
काठमाडौं । प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मंगलबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकको कार्वाही प्रारम्भ हुनसाथ काँग्रेसका साँसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । यसबीचमा प्रतिपक्ष र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षले अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको छ । प्रतिपक्ष काँग्रेसले संघीय संसदको बैठक पनि अवरुद्ध गरेपछि बसेको छैन् ।
को पहिलो बोल्ने भन्ने विषयमा राष्ट्रियसभामा सत्तारुढ र प्रतिपक्षबीच विवाद
काठमाडौं । कसले पहिलो बोल्ने भन्ने विषयमा राष्ट्रियसभाको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदबीच भनाभन सुरु भएको छ । नेपाली काँग्रेसले आफुले बोल्न पाउनुपर्ने अडान लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । अहिले दुवै पक्षबीच भनाभन भइरहेको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शान्त हुन आग्रह गरेका छन् ।
एम्बाप्पेले भने: ‘अब मेसी, रोनाल्डो होइन मैले जित्छु ‘बालोन डे ओर’
काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले ‘बालोन डे अर’ आफैंले जित्ने दाबी गरेका छन् । उनले उत्कृष्ट फुटबलरमा आफु सहित क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र राफेल भारानलाई राखेका छन् भने लियोनल मेसीलाई अन्तिम स्थानमा रहेका छन् । विश्वकपमा उत्कृष्ट युवा खेलाडीको उपाधि पाएका एम्बाप्पेले अब मेसी र रोनाल्डोको पुस्तालाई पछि पार्दै आफुले ‘बालोन डे ओर’ जित्ने बताएका हुन् । उनले फ्रान्स फुटबलसँग भने-‘यो वर्ष फ्रान्सले विश्वकप जितेको छ, त्यसैले बालोन डेमा फ्रान्सकै धेरै खेलाडीहरु ‘बालोन डे ओर’का दाबेदार हुन्छन् । मलाई विश्वकप खेल्नुभन्दा पहिले मानिसहरुले विश्वास गरेका थिएनन्, तर प्रशिक्षक देशच्याम्पले यस्तो सुत्र दिए यसमा हामी सफल भयौं । म ट्रफि जित्नैको लागि खेल्ने र बाँच्ने गर्छु मलाई विस्वास छ, यसमा म सफल हुनेछु ।’ यो वर्ष क्रिष्टियानो रोनाल्डोलाई बालोन डेको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।
वित्तिय अपराध र आतंकवाद क्रियाकलपमा सरकार कठोर छ: अर्थमन्त्री खतिवडा
काठमाडौं । सम्पति सुद्धिकरणको उपाय खोज्न विभिन्न ४० देशका सरकारी अधिकारीहरु काठमाडौंमा भेला भएका छन् । एसिया प्यासीफीक ग्रुप अन मनि लाउन्डरिङको २१ औं सम्मेलनमा ४० देशका ५५ जना प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले वित्तिय अपराध र आतंकबादी क्रियाकलापमा सरकार कठोर रहेको बताएका छन् । सम्पत्ति सुद्धिकरण अन्तर्राष्ट्रिय सवाल भएको बताउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सयुंक्त प्रयास आवश्यक रहेको बताएका हुन् । ुनेपालका लागि सम्पत्ति शद्धिकरणलाई दिगो विकास र सुशासनसँग जोडेर हेरेका छौ, यसको जोखिम कम गर्न नेपालले कुनै कसर बाँकी राखेको छैन खतिवडाले भने अब श्रोत नखुलेको सम्पत्तिको मोनिटरिङ गर्ने पनि निकाय बन्छ । कार्यक्रममा प्रतिनिधिहरुले सम्पत्ति सुदृढीकरण सम्बन्धी विभिन्न कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।
बिषालु सर्पदंश घट्ना बढदो, २० हजारलाई पुग्ने औषधीमात्र
काठमाडौँ । गर्मी मौसमा सर्पदंशका घटना निकै बढ्ने गरेका छन् । खासगरी नेपालको तराईंमा सर्पदंशका घटना बढी हुन्छन् । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् । स्वास्थ्य सेवा विभागको तथ्याङ अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७३/७४ को अवधिमा सबैभन्दा धेरै २०६६/६०७ सालमा बिषालु सर्पको टोकाइबाट मृत्यु भएको थियो । जसमा १३१ जनाको मृत्यु भएको थियो । सो आर्थिक वर्षमा १ हजार ३१९ जनालाई बिषालु सर्पले टोकेको थियो । १ हजार ३१९ जना मध्ये १ हजार १८८ जना उपचारपछि निको भएको थियो । १३१ जनाको बिषालु सर्पको टोकाइपछि मृत्यु भएको थियो । सोही वर्ष १५ हजार ८४४ जनालाई बिष नलागने सर्पले टोकेको विभागले जानकारी दिएको छ । सो वर्ष १७ हजार १६३ जनालाई सर्पले टोकेको थियो । आर्थिक वर्ष २०६५/६६ मा जम्मा १३ हजार १७ जनालाई सर्पले टोकेको थियो । जसमा ११ हजार ८८३ बिष नलागने र १ हजार १४३ बिषालु सर्पले टोकेको थियो । सो वर्ष बिषालु सर्पले टोकेर १२८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६७/६८ मा जम्मा १८ हजार २०४ जनालाई सर्पले टोकेको थियो । जसमा १७ हजार १२१ बिष नलागने र १ हजार ८३ जनालाई बिसालु सर्पले टोकेको थियो । सो वर्ष बिषालु सर्पले टोकेर १२८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६८/६९ मा जम्मा १४ हजार ७६८ जनालाई सर्पले टोकेको थियो । जसमा १३ हजार ७८९ बिष नलागने र ९७९ बिसालु सर्पले टोकेको थियो । विषालु सर्पले टोकेका मध्य ८९० जनालाई निको भएको थियो । ८९ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६९/७० मा जम्मा १४ हजार ३२९ जनालाई सर्पले टोकेको थियो । जसमा १३ हजार ४६२ बिष नलागने र ८६७ बिषालु सर्पले टोकेको थियो । बिसालु सर्पले टोकेका मध्य ७८८ जनालाई उपचारपछि निको भएको थियो । ७९ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७०/७१ मा जम्मा ५ हजार १४३ जनालाई सर्पले टोकेको थियो । जसमा ४ हजार १४५ बिष नलागने र ९९८ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ९८८ जनालाई उपचार पछि निको भएको थियो । र १० जनाको मृत्यु भएको थियो । ९ वर्षको तथ्याङलाई हेर्दा आर्थिक वर्ष २०७१/७२ मा सबै भन्दा कम अर्थात १ जनाको मात्रै मृत्यु भएको छ । जम्मा ४ हजार १२८ जनालाई सर्पले टोकेको थियो । जसमा ३ हजार ४६१ बिष नलागने र ६६७ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ६४३ जनालाई उपचारपछि निको भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा जम्मा ३ हजार २६८ जनालाई सर्पले टोकेको थियो । जसमा २ हजार ६०५ बिष नलागने र ६६३ बिसालु सर्पले टोकेको थियो । बिसालु सर्पले टोकेका मध्य ६४३ जनालाई उपचार पछि निको भएको थियो । र २० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ६ हजार २२१ जनालाई सर्पले टोकेको थियो । जसमा ५ हजार २०९ बिष नलागने र ९१२ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ८७९ जनालाई उपचार पछि निको भएको थियो । र ३३ जनाको मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. समिरकुमार अधिकारीले नेपालमा २० हजारलाई पुग्ने सर्पदंशको औषधी भारतबाट किन्ने गरिएको जानकारी दिए । ८५ किसीमका सर्पहरु मध्य १८ किसीमको सर्प बिषालु हुने उनले बताए । नेपालमा भने २ किसीमका बिषालु सर्पहरुले टोकेका बिरामीहरु अस्पताल आउने गरेका छन् । नेपालको दाङ, बर्दिया र बाँकेमा सर्पले धेरैलाई टोकने गरेको छ । बिरामीलाई सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउने गर्छ । यसका साथै सर्पले टोकेको बिरामीलाई जतिसंदो चाडो अस्पताल लानु पर्छ । अस्पताल आएका बिरामीहरु निको भएर घर फर्ने गरेका छन् । जति सर्पको टोकाइबाट मृत्यु हुन्छ । ति अस्पतल ठिलाआएको वा तंन्त्रमंत्रको भरमा बसेकाहरु हुन ।
धादिङको गजुरीमा ४.८ रिक्टरको भूकम्प
काठमाडौँ । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा ७.६ रिक्टर स्केल भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।रासस