विकासन्युज

स्थानीय तह र सरोकारवालाको लागि खोज, उद्धार तथा राहत सम्बन्धी तालिम

काठमाडौं । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह तालिम साउन ७ (आज)देखि शुरु गरिएको छ । जिल्लामा विपदको समयमा तत्काल व्यवस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस् भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालिम सञ्चालन गरिएको हो । उक्त तालिम साउन ७(आज) देखि साउन १२ गतेसम्म ६ दिन सञ्चालन हुने छ । उक्त तालिममा जिल्लाका १२ वटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइने र प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुनेछ । नेपाल रेडक्रसद्धारा सञ्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । तालिममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल रहेका छन् ।

आइएमईको भाग्यशाली विजेता लिम्बुले पाइन् ४३ इन्चको टिभी

काठमाडौं । आइएमईको भाग्यशाली विजेता रेणुका लिम्बुले ४३ इन्चको टिभी पाएकी छिन् । उनले नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार शिर्षकको व्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत उक्त टिभी ग्रहण गरेकी हुन् ।

माछापुच्छ्रे बैंकले गर्यो वृक्षारोपण कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सोमबार(आज) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिकाको सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । त्यसैगरी, माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा सहभागिता जनाएका छन् । बैंकले हाल ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवाबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले गरे सपथ ग्रहण

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष सपथ लिएका छन् । केडियाले सोमबार(आज) पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष केडिया लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा क्रियासिल रहेका छन् । केडियालाई साउन ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको १३६ औं बैठकले सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको थियो ।

कंगारुको एजुकेशन फेयर साउन १६ गते हुँदै, वैदेशिक शिक्षा सम्बन्धी सूचना दिइने

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आगामी साउन १६ गते कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले उक्त एक दिने कंगारु एजुकेशन फेयरको आयोजना गर्न लागेको हो । उक्त एजुकेशन फेयर बिहान बिहान १० बजेदेखि ५ बजेसम्म फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने छ । यस शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेशबाबु तिमल्सिनाले बताए । उक्त शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरुसँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन् । त्यस देशको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति देखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ । यो शैक्षिक मेलामा आउने विद्यार्थी र अभिभावकहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने विद्यार्थीलाई विशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ । मेलामा आइ.डी.पी र सिदार्थ बैक पनि सहभागी हुन लागेकाले, अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन् । यस फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको सीईओ महेशबाबु तिमल्सिनाले बताए ।

एनसीसी बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । सोमबार(आज) सम्पन्न उक्त सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात अब एनसीसी बैंकका ग्राहकले विभिन्न शाखा कार्यालयबाट गुराँस लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु किन्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।