‘ग्लोबल साइबर सेक्युरिटी समिट’ साउन ११ र १२ गते हुँदै, साइबर सूरक्षाबारे सचेत गराइने
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सिस्काे ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुँदै छ । साइबर सुरक्षा बारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले इनफरमेसन सेक्यिूरिटी रेस्पोन्स टिम नेपाल(एनपीसर्ट)ले उक्त समिटको आयोजना गरेकाे हाे । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रेजिलियन्स’ भन्ने मूल नारासहित उक्त समिट यही साउन ११ र १२ गते आयोजना हुँदै छ । समिटको पहिलो दिन अर्थात साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि समिट वर्कसप सञ्चालन हुनेछ । जसमा लावा, चेक प्वाइन्ट सफ्टवेर टेक्नोलोजिज् र इसी काउन्सिलले स्किल ट्रान्सफर गर्न सहजीकरण गर्नेछन् । त्यसैगरी, साउन १२ गते होटल र्याडिसनमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुने आयोजकले बताएका छन् । समिटमा विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ । यही समिटमार्फत् साइबर रिजलेन्सका लागि विश्व गठबन्धनसमेत निर्माण गरिने छ भने साइबर सेक्युयुरिटीसम्बन्धी पूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्ने लगायतका विषयमा छलफल हुनेछ । समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर दिईनेछ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबीच अन्तरक्रिया गर्न सक्नेछन् । यो समिटलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ । समिटमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले एनपीसर्टको वेबसाइट www.npcert.org मा गई रजिस्ट्रेसन गर्न सक्नेछन् । आगामी शुक्रबार र शनिबार हुन लागेकाे उक्त समिटमा भारत, अष्ट्रेलिया, यूएसए, बंगलादेश लगायतका देशहरुको सहभागिता हुने छ । साथै, उक्त कार्यक्रममा १५० देखि २०० जनाको सहभागिता रहने अनुमान गरिएकाे संयाेजक चिरञ्जिवी अधिकारीले बताएका छन् । साथै, समिटमा सहभागिताका लागि रजिष्ट्रेशन शुल्क १००० रुपैयाँ तोकिएको छ भने वोर्कसपमा सहभागी हुनका लागि ५००० रुपैयाँ प्रवेश शुल्क तोकिएको संयाेजक अधिकारीले बताए ।
भारतमा सेयर बजार बढेर रेकर्ड कायम, जीएसटी कर कटौती र डलर कमजोर मुल कारण
एजेन्सी । भारतमा सेयर बजार बढेर नयाँ रेकर्ड कायम भएको छ । बम्बे स्टक एक्सचेन्ज (बीएसई) र एनएसइ निफिटी सुचक बढेर उच्च विन्दुमा पुगेका छन् । ब्लुचिप (महंगा) कम्पनी आईटीसी, आइसीआईसी बैंक, मारुती, एचयुएलले बीएसई र निफटीको सुचक बढाउन ठुलो सहयोग पुर्याएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा कटौती गरेपछि यसको असर सेयर बजारमा परेको छ । यस्तै प्रथम त्रैमाशको वित्तीय विवरण आउन थालेपछि बजारमा सकरात्मक प्रभाव परेको बताइएको छ । आईटीसीको सेयर मूल्य ५ प्रतिशत वृद्धि भएपछि बीएसई सुचक १०० प्रतिशत बढेको छ । यस्तै एसियन पेन्ट्स, भारती एयरटेल, अडानी पोर्टस, आईसीआईसी बैंक, हिरो मोटरकर्प, विप्रो, रिलायन्स इण्डष्ट्रिज एचडीएफसी बैंक र टाटा मोटरको सेयर मूल्य बढेको एक्सप्रेसले जानकारी दिएको छ । अमेरिकाले संरक्षण नीति लिने हो की भन्ने त्राशले बजार केही घटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्वले लिएको कसिलो नीतिको आलोचना गरेपछि डलर कमजोर भई भारु मजवुत भएपछि सेयर बजार बढेर रेकर्ड कायम भएको हो ।
गण्डकी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । सम्झौता भए पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । गण्डकी विकासले ६८ शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकका लागि आर्कषक ब्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरि राखेको छ ।
सेयर बजार घट्नमा ब्रेक लाग्यो, १२.८४ अंकको वृद्धि
काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार सेयर बजार १२.८४ अंक बढेर परिसुचक १ हजार १९४. ५ अंकमा पुगेको छ । पछिल्लो समय बजार घट्दै गएपछि लगानीकर्तामा मनोवैज्ञानिक त्राश देखिएको छ । सोमबार बैंकिङ, वित्त, उत्पादनमुलक, होटल, जलविद्युतलगायत सबै परिसुचकको मूल्य बढेको छ । बजार बढेपनि १८ करोड ६५ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी सेयर नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ६१७ रुपैयाँमा १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक, साना किसान विकास बैंक र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
नागरिक लगानी कोषले वचत गर्नेलाई पनि दिने भयो लाभांश, २ लाख २५ हजार कर्मचारीले पाउने
काठमाडौं । नागरिक लगानी कोषले अवकास कोषबाट भएको नाफाको ८० प्रतिशत दामासाही रुपमा सहभागी कर्मचारीलाई बाँड्ने भएको छ ।कोषले चालु आर्थिक वर्ष ०७५/०७६ देखि कोषमा रकम जम्मा गर्ने संगठित संस्थाका कर्मचारीलाई नाफा दामासाही लाभांशको रुपमा वितरण गर्ने लागेको हो । यो वर्षदेखि वचत जम्मा गर्ने कर्मचारीले ब्याजका अतिरित्त थप लाभांश पाउने व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । उनले अवकास कोषबाट भएको नाफाको ८० प्रतिशत दामासाही रुपमा लाभांश बाँड्ने र २० प्रतिशत जगेडा कोषमा राखिने सुनाए । उनकाअनुसार यसबाट २ लाख २५ हजार कर्मचारी लाभांन्वित हुने छन् । यो आर्थिक वर्षदेखि कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको जानकारी दिदै कार्यकारी निर्देशक पोखरेलले भने “यस बाहेक अवकास कोषबाट हुने नाफाबाट दामासाही रुपमा संगठित संस्थाका कर्मचारीले पाउने भएका छन् ।” थप सुविधा दिने कोष नेपालको पहिलो संस्था भएको उनले दावी गरे । कर्मचारीले अहिले यति नै लाभांश पाउने भन्न नसकिने बताउदै न्युनतम १ प्रतिशत पाउने संभावना रहेको पोखरेलले जानकारी दिए । “कोषमा जम्मा हुने वचतको साढे ७ प्रतिशत न्युनतम प्रतिफलको प्रत्याभूति गरेका छौं । यो बाहेक थप लाभांश पाउने भएका छन्” उनले भने । कर्मचारीले कोषमा वचत रकमको ३ लाख रुपैयाँसम्म कर छुट पाउने गरेका छन् । नागरिक लगानीमा विभिन्न प्रकारका ११ कोष सञ्चालनमा छन् । प्रत्येक कोषको भिन्नै हिसावकिताव हुने गरेको छ । कोषले लाभांश वितरण गर्न लागेको कर्मचारी अवकास कोषबाट हुने नाफाको ८० प्रतिशत हो । कोषले साउन १ गतेदेखि लागु हुने गरी वचत वृद्धि र कर्जा सापटीको ब्याजदर बढाएको छ । कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । गत असारसम्म कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिदै आएको थियो । कर्मचारीलाई दिने ८० प्रतिशत सहभागी कर्जा सापटीको ब्याजदर १ प्रतिशत बढाएर ९ प्रतिशत पुर्याएको छ । गत असारसम्म सहभागी कर्जा सापटीको ब्याजदर ८ प्रतिशत थियो । यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । गत असारमा ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ । यस्तै गत वर्षको ब्याज लिन कोषले कर्मचारीलाई बोलाएको छ ।
गोविन्द केसीसँग वार्ता हुन्छ र सहमति पनि हुन्छ-प्रचण्ड
काठमाडौं । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग वार्ता हुने र सहमति पनि हुने बताएका छन् । पुष्पलाल स्मृति दिवसमा आयोजीत बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले केसीसँग वार्ता भएर सहमति हुने बताएका हुन् । केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताउँदै काँग्रेसले केसीको हत्या गरेर लासमाथी राजनीति गर्न खोजेको आरोप लगाए । केसीसँग वार्ता गर्न सरकार तयार भएको र लचकता पनि अपनाउने बताए । उनले काँग्रेसलाई गोविन्द केसीको बुई चढेर राजनीति गर्नुपर्ने अवस्थामा पुगेको हो भनी प्रश्न समेत गरेका छन् । उनले काँग्रेस एजेण्डा बिहिन भएर केसीको मागका पछि लागेको आरोप पनि लगाए । उनले अब काँग्रेस समाप्त भएको ठोकुवा पनि गरे ।
मेगा बैंकमा चिनियाँ लगानी भित्रिँदै, लगानीकर्ताले पाए ५६.८६ प्रतिशत प्रतिफल
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चिनियाँ लगानीकर्तालाई भित्र्याउने भएको छ । बैंकको ८ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भोज बहादुर शाहले चिनियाँ लगानीकर्तालाई रणनीतिक साँझेदारका रुपमा भित्र्याउन पहल भैरहेको बताएका हुन् । ‘नेपालको विकास र समृद्धिको यात्रामा चिनको बिशेष चासो छ, चिनियाँहरुले पुर्वाधार लगायतका क्षेत्रमा बढाईरहेको लगानीकलाई मध्यनजर गर्दै हामीले रणनीतिक साँझेदारका रुपमा भित्र्याउने पहल अघि बढाएका छौं, केहि समयभित्रै त्यसको नजिता आउँछ’, शाहले भने । अध्यक्ष शाहले नेपालको विकासमा चीन र भारतको महत्वपुर्ण योगदान रहने बताउँदै पछिल्लो समय चिनियाँ लगानीकर्ताले वृद्धि गरेको लगानीका कारण आफुहरु चिनियाँलाई रणनीतिक साँझेदारका रुपमा ल्याउने निष्कर्षमा पुगेको पनि जानकारी दिएका थिए । यद्यपी उनले कुन चिनियाँ कम्पनीले रणनीतिक साँझेदारका रुपमा कति लगानी गर्ने भन्नेबारे भने कुनै खुलासा गरेनन् । बैंकले स्थापनाको ८ औं बसन्त पार गर्दा लगानीकर्तालाई ५६.८६ प्रतिशत लाभांश वितरण गरिसकेको जानकारी दिए । यस्तै बैंकले २० करोड रुपैयाँ लगानी गरेर सेयर रजिष्ट्रारको काम गर्नका लागि मेगा क्यापिटल लिमिटेड स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी पनि दिए । यस्तै उनले सेयर ब्रोकरको काम गर्नका लागि कम्पनी स्थापनाको तयारी भएको जानकारी दिए । नेपाल राष्ट्र बैंकले बैंकलाई पनि सेयर ब्रोकरको अनुमतिपत्र (लाईसेन्स) दिने भएपछि बैंकले सहायक कम्पनी खोल्न लागेको हो । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० अर्ब ५७ करोड चुक्ता पुँजी पुगेको र १०२ वटा शाखासहित सेवा विस्तारमा लागिपरेको बताईन् । उनले आगामी तीन बर्षभित्र ३ अर्ब भन्दा बढि नाफा आर्जन गर्ने योजना पनि सुनाईन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डोल्पाका छिरिङ टावा बुढालाई एक लाख रुपैंयाँ सहयोग गरेको छ । भर्खरै एसईई परिक्षा उतिर्ण गरेका बुढलाई जेहेन्दार छात्रवृति वापत सो रकम सहयोग गरिएको खुञ्जेलीले बताईन् । त्यस्तै, असहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको पौरखी नेपाल नामक संस्थालाई पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै एक लाख रुपैंयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब पनि ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख छ । त्यसैगरी कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेप एक लाख २२ हजार छ । स्थापनाको नवौंँ वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ एक्टेनशन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटिएम छन् ।
सेयर बजार बढ्दा राकेश झुनझुनवालाले ३५ अर्ब भारु कमाए, आम्दानी ७० प्रतिशत बढ्यो
एजेन्सी । भारतका सेयर लगानीकर्ता राकेश झुनझुनवालाले गत वर्ष मात्र सेयर कारोबारबाट ७० प्रतिशत कमाएका छन् । एस इन्भेष्टर्सका प्रमुख राकेश आफुले सन् २०१७ मा प्राप्त गरेको आम्दानी अप्रत्यशित भएको बताएका हुन् । उनले १०० भारु लगानी गरेर थप ७० भारु कमाएको फाइनान्सियल एक्सप्रेसले लेखेको छ । ७० प्रतिशत नाफा जीवनमा सधै नआउने राकेशले बताएका छन् । रोचक कुरा गत वर्ष सेयर बजार बढेपछि उनीलगायत अन्य ४ जना सेयर लगानीकर्ताले आम्दानी दोब्बर बढाएका छन् । राकेशको मनपर्ने स्क्रिप टिटानको मूल्य १६० प्रतिशतसम्म बढेको थियो । टिटान एक्लेले एस इन्भेष्टर्सलाई ३५ अर्ब भारु धनी बनाएको छ । अघिल्लो साता सेयर बजार बढेपछि रिलायन्स इण्डष्ट्रिजका प्रमुख मुकेश अम्बानीको सम्पत्ति बढेर ४४ अर्ब ३० करोड डलर पुगेको छ । मुकेश एसियाका सबैभन्दा धनी व्यक्ति भएका छन् ।