सेयर बजार घट्नमा ब्रेक लाग्यो, १२.८४ अंकको वृद्धि

<p>काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार सेयर बजार १२.८४ अंक बढेर परिसुचक १ हजार १९४. ५ अंकमा पुगेको छ । पछिल्लो समय बजार घट्दै गएपछि लगानीकर्तामा मनोवैज्ञानिक त्राश देखिएको छ । सोमबार बैंकिङ, वित्त, उत्पादनमुलक, होटल, जलविद्युतलगायत सबै परिसुचकको मूल्य बढेको छ । बजार बढेपनि १८ करोड ६५ [&hellip;]</p>

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार सेयर बजार १२.८४ अंक बढेर परिसुचक १ हजार १९४. ५ अंकमा पुगेको छ ।

पछिल्लो समय बजार घट्दै गएपछि लगानीकर्तामा मनोवैज्ञानिक त्राश देखिएको छ । सोमबार बैंकिङ, वित्त, उत्पादनमुलक, होटल, जलविद्युतलगायत सबै परिसुचकको मूल्य बढेको छ ।

बजार बढेपनि १८ करोड ६५ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी सेयर नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ६१७ रुपैयाँमा १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक, साना किसान विकास बैंक र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

Share News