गोविन्द केसीसँग वार्ता हुन्छ र सहमति पनि हुन्छ-प्रचण्ड

<p>काठमाडौं । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग वार्ता हुने र सहमति पनि हुने बताएका छन् । पुष्पलाल स्मृति दिवसमा आयोजीत बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले केसीसँग वार्ता भएर सहमति हुने बताएका हुन् । केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताउँदै काँग्रेसले केसीको हत्या गरेर लासमाथी राजनीति गर्न खोजेको आरोप लगाए [&hellip;]</p>

काठमाडौं । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग वार्ता हुने र सहमति पनि हुने बताएका छन् । पुष्पलाल स्मृति दिवसमा आयोजीत बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले केसीसँग वार्ता भएर सहमति हुने बताएका हुन् ।

केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताउँदै काँग्रेसले केसीको हत्या गरेर लासमाथी राजनीति गर्न खोजेको आरोप लगाए ।
केसीसँग वार्ता गर्न सरकार तयार भएको र लचकता पनि अपनाउने बताए । उनले काँग्रेसलाई गोविन्द केसीको बुई चढेर राजनीति गर्नुपर्ने अवस्थामा पुगेको हो भनी प्रश्न समेत गरेका छन् ।

उनले काँग्रेस एजेण्डा बिहिन भएर केसीको मागका पछि लागेको आरोप पनि लगाए । उनले अब काँग्रेस समाप्त भएको ठोकुवा पनि गरे ।

Share News