विकासन्युज

विवादस्पद अभिव्यत्तिका कारण कानुनमन्त्री शेरबहादुर तामाङको पद गुम्दै , आज राजीनामा दिने

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिने भएका छन् । उनले पत्रकारसम्मेलन गरेर राजीनामा घोषणा गर्ने भएका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । विदास्पद अभिव्यत्तिका कारण नेपाल कम्युनिष्ट पार्टीले राजीनामा गर्न निर्देशन दिएको छ । मन्त्री तामाङले माफी मागे पनि सर्वत्र आलोचना भएपछि पार्टीले राजनीनामा गर्न निर्देशन दिएको हो । मन्त्री तामाङले आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा घोषणा गर्ने भएका छन् ।

केशव पाण्डे र बन्दना पाण्डेको तीज गीत बजारमा (भिडियोसहित)

काठमाडौं । केशव पाण्डे र बन्दना पाण्डेको तीज गीत सार्वजनिक भएको छ । ‘आँखै नलाउनी…’ बोलको गीत आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । केशव पाण्डे र बन्दना पाण्डेको स्वर रहेको गीतमा शब्द बिष्णु न्यौपानेको छ भने लय शंकलन खुमन अधिकारीले गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।  https://www.youtube.com/watch?v=XjS8RYy7uOg गीतमा तिजका अवसरमा लगाइने नाचगानमा श्रीमान र श्रीमतीले एकअर्काको नृत्यको प्रशंसा गर्दै प्रेमिलभाव देखाउन खोजिएको छ । आशिष म्युजिक प्रा.लीको उत्पादन तथा वितरण रहेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । प्रकाश सपुत र अञ्जली अधिकारीले अभिनय गरेको भिडियो सुरेश श्रेष्ठले खिचेका छन् । प्रकाश धमलाले सम्पादन गरेको भिडियो निर्देशन स्मृती तिमिल्सिनाले गरेकी छन् ।

बजेट विनियोजन हुदा पनि सरकारी मेडिकल कलेज खोल्नमा ढिलाइ, ७ वटै प्रदेशमा कहिले ?

काठमाडौं । सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअघि बजेट छुट्याएर काम थाले पनि त्यसमा खासै प्रगति हुन सकेको छैन् ।चारवटा प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया थालिएकोमा दुईवटा प्रदेशमा जग्गा समेत खोज्न सकिएको छैन। ती चारवटै कलेज एउटै प्रतिष्ठानको रुपमा सञ्चालन गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिएको अधिकारीहरूले बताएका छन्। प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा खासगरी मेडिकल कलेजका संख्या, वितरण र गुणस्तरबारे समेत माग राख्दै अनशन जारी राखेका छन्। “बुटवलमा जग्गा प्राप्तिको काम अघि बढिसकेको छ। महोत्तरी र सुर्खेतमा जग्गा खोज्ने क्रममै छौँ। त्यसका लागि भूमिसुधार र कृषी मन्त्रालयसँग समन्वय भइरहेको छ” शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले भने । सरकारी मेडिकल कलेज भएका प्रदेश नं १, ३ र गण्डकीलाई प्राथमिकतामा नराखी बाँकी ४ प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया सरकारले थालेको थियो। जसमा प्रदेश नं २ मा महोत्तरीको बर्दिबास, प्रदेश ५ मा बुटबल, कर्णाली प्रदेशमा सुर्खेत, र प्रदेश नं। ७ मा कैलाली छानिएको छ। तर दुईवटा प्रदेशमा जग्गा खोज्ने काम बाँकी रहेको शिक्षाका सहसचिव लम्सालले बताए।प्रदेश नं. ७ मा भने निर्माणाधीन गेटा मेडिकल कलेज अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउन सकिने सो प्रदेशका शिक्षा र स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री दीर्घ स्वराजले बताए। आगामी शैक्षिक सत्रदेखि पढाई शुरू गर्ने गरी तयारी भइरहेको छ। काम द्रुत गतिमा अगाडि बढेको छ। संघीय सरकार मातहत सञ्चालन हुने भनिएका यी कलेज स्थापनाका लागि सरकारले आर्थिक वर्ष २०७३/७४ देखि नै बजेट छुट्याउँदै आएको छ। आगामी शैक्षिक सत्रदेखि पढाई शुरू गर्ने गरी तयारी भइरहेको छ। काम द्रुत गतिमा अगाडि बढेको छ । हाल रहेका स्थास्थ्य प्रतिष्ठानहरू छुट्टाछुट्टै ऐन अन्तर्गत सञ्चालित भइरहेकोमा प्रस्तावित चारवटै मेडिकल कलेज भने एउटै ऐन अन्तर्गत सञ्चालन गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। त्यस निम्ति एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान खोल्ने प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिसकिएको सहसचिव लम्सालले बताए। एकीकृत स्वरुपको अवधारणापत्र बनाएर त्यसलाई कानून मन्त्रालयबाट सहमति लिइसक्यौँ। अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अहिले त्यो मन्त्रिपरिषद्‌मा लैजान स्वीकृत भइसकेको छ। अनशनरत डा। केसीका मागमध्ये सातवटै प्रदेशमा सरकारी स्वामित्वको मेडिकल कलेज स्थापना गरिनु पनि एक हो। निजी क्षेत्रका डेढ दर्जन मेडिकल कलेज भए पनि ती शहर केन्द्रित र नाफामुखी रहेको आरोप लाग्दै आएको छ। नेपालमा प्रदेश नं १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं। ३ को ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्। त्यसबाहेक प्रदेश नं। ६ अन्तर्गत जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यी कलेजहरूको स्तरोन्नति गर्ने सरकारी योजनामा उल्लेख छ। स्रोत : बीबीसी

सिटिजन्स बैंकको एफपीओ साउन १५ देखि, २३०० कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले गत साता स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । बैंकले गत आर्थिक वर्ष ०७४÷०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।

निगमको ठुलो एयरबसको काठमाडौं–दिल्ली परीक्षण उडान, आइतबार अर्को जाहाज आउदै

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए । सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ । गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निगमले वाइडबडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ) ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइडबडी जहाजले आज त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । परीक्षण उडानमा कुनै यात्रु भने बोकिएको थिएन । परीक्षण उडान सफल भएपछि मात्रै व्यावसायिक उडान गर्ने गरी तालिका तय गरिने निगमले जनाएको छ । निगमले यही साउन १६ गते पहिलो व्यावसायिक उडान गर्नेछ । प्र्रवक्ता श्रेष्ठले दुबईबाटै पहिलो व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको जानकारी दिए। जहाज आएको एक महिनाभित्र सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गरिएको हो । यस्तै निगमको दोस्रो वाइडबडी जहाज यही साउन ११ गते काठमाडौँ आइपुग्दै छ । रासस

एक वर्षमा ७४ अर्बको सेयर थपियो, ३३ अर्ब रूपैयाँ बराबरकाे बोनस सेयर वितरण

काठमाडौं । एक आर्थिक वर्षमा ३३ अर्ब २ करोडको बोनस सेयर, २५ अर्ब ६० करोडको हकप्रद, ११ अर्ब ४२ करोडको आईपीओ/एफपीओ र ४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्काशन भएको छ । आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर दिएका छन् । कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकरण भई कारोबार समेत भइसकेको छ । अधिकाँश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर दिएको बोर्डले जानकारी दिएको छ । यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । बैंकले न्युनतम चुत्तापुँजी पुर्याएकाले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर पाउने संभावना न्युन छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको संभावना बढी छ । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । एनएमबी बैंकको बोनस सेयर सुचिकृत हुन बाँकी छ । नियामक निकायबाट विभिन्न ५५ कम्पनीले पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । त्यस्तै २७ कम्पनीले आईपीओ र एफपीओमा निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २५ अर्ब ६० करोड ४१ लाख रुपैयाँ बराबरको २५ करोड ६० लाख ४१ हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । यी मध्य अधिकाँशले निष्कासन गरिसकेका छन् । भरखरै अनुमति पाएकाले निष्कासनको तयारी थालेका छन् । हकप्रद सेयर निष्कासन गर्नेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेका हुन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको न्युनतम चुत्तापुँजी पुगिसकेकाले आगामी वर्षदेखि हकप्रद सेयर निष्कासन कम हुने देखिएको छ । धेरै हकप्रद सेयर निष्कासन गर्नेमा मेगा बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन् । यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत ५५ कम्पनीले अनुमति पाएका हुन् । हकप्रद सेयर निष्कासन भएपनि अधिकाँशको बिक्री नभएपछि पटक पटक लिलामी गरिएको थियो । पछिल्लो समयमा १०० रुपैयाँका हकप्रद सेयर बिक्री हुन छाडेको छ । साढे ११ अर्बको आईपीओ र एफपीओ नेपाल धितोपत्र बोर्डले विभिन्न २७ कम्पनीलाई ११ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र सिमेन्ट उद्योगले २१ कम्पनीले आईपीओ र ६ कम्पनीले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यी मध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् । आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेडलगायत २१ कम्पनी रहेका छन् । आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा राधी विद्युत कम्पनी लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, कालिका पावर लिमिटेड, पञ्चकन्यमाई हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रो लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, माउन्टेन हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । यस्तै, बुटबल पावर कम्पनी लिमिटेड, एनएमबी बैंक, नेपाल बैंक, नेपाल ग्रामीण विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यी मध्ये केही कम्पनीले चालु आर्थिक वर्षमा एफपीओ र आईपीओ निष्कासन गर्ने छन् । धेरै एफपीओ निष्कासन गर्न अनुमति पाउनेमा अपर तामाकोसी हाइ«ोपावर रहेको छ । तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख र एफपीओमा नेपाल बैंक रहेको छ । बैंकको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको छ । ४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्कासन गत आर्थिक वर्षमा ४ वटा मर्चेन्ट बैंकरले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेका छन् । ती बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड एकाई म्युचअल फण्ड निष्कासन गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार म्युचअल फण्ड निष्कासन गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड रहेका छन् । यस्तै एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सीबीआईएल क्यापिटल लिमिटेडले १ अर्बको सिटिजन्स म्युचअल फण्ड निष्कासन गरेका छन् । सेयर बजार क्रमश घटदै गएपछि म्युचअल फण्डको बिक्री पनि हुन छाडेकोे छ । म्युचअल फण्ड बिक्री नभएपछि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँको ग्लोबल आईएमई ब्यालेन्स फण्ड र एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँको एनआईबीएल सहभागीता फण्ड निष्कासन हुन सकेन । अझै १ अर्ब ७० करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा छ ।

हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना

काठमाडौं । नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ‘हुण्डाई परिवार’ योजना ल्याएको छ । ग्राहकहरुको जिवनमा थप खुशी पुर्याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता गरेको छ । यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् । यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पुर्याउनको लागि तयार रहेका छन् । साथै, हुण्डाई देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ ।

‘रेनो सर्भिस क्याम्प’ साउन ८ गतेसम्म हुने, सहभागिलाई विभिन्न छुटको सुविधा

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्राइभेट लिमिटेडले आयोजना गरिरहेको ‘रेनो सर्भिस क्याम्प’ आगामी साउन ८ गतेसम्म हुने भएको छ । नेपालका विभिन्न शहरहरुमा आयोजना हुने उक्त क्याम्पमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् । साउन ६ गतेदेखि शुरु भएको उक्त क्यापको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ रहेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने हामीले विश्वास लिएका छौं । यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ ।साउन ६ गते देखि ८ गतेसम्म झापाको बिर्तामोडमा रहेको शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा. ली, महाबिर अटोमोवाइल्स बिराटनगर, युनाइटेड अटो कन्र्सन नारायणगढ, जुपिटर ह्वल्स बुटबल, भैरहवा अटो कम्पनी भैरहवा र जोन्छेन ट्रेर्डस पोखरा यी विभिन्न शहरमा आयोजना हुदैछ । यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।