शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै पनि नेताको लगानी भए तीन महिनाभित्र फिर्ता गर्न माग
भद्रपुर । मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे शेर्पा, प्रगतिशील कृषक समूहका सचिव ज्ञाननाथ घिमिरे, मेचीनगर मूल कृषक समूहका सचिव कञ्चन तामाङलगायत दर्जन बढी संघसंस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । मागपत्रमा राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको, विभिन्न किसिमका विकृति देखा परेको र सुलभ एवं सरल स्वास्थ्य तथा शिक्षाबाट वञ्चित हुनुपरेको विषयमा ध्यानाकर्षण गराइएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै पनि दलका केन्द्रीय तहका नेताको लगानी भए तीन महिनाभित्र फिर्ता बोलाउने व्यवस्था मिलाउन समेत माग गरिएको पहिलो पाइलाका अध्यक्ष भट्टराईले बताए । रासस
नेप्से परिसूचक सामान्य अंकले बढ्यो, २ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले उकालो लागेको बजार मंगलबार सामान्य ४.७७ अंकले बढेर ११९९.२७ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार ०.४० प्रतिशतले बढेको छ । कारोबार खुलेदेखि उकालो लाग्ने क्रममा रहेको बजार १२१२ अंकमा पुगेर ओरालो लागेको छ । अन्तत कारोबार बन्द हुँदा परिसूचक ११९९.२७ अंकमा अडेको छ । दिनभरको कारोबारमा १६० कम्पनीको ११ लाख ८९ हजार कित्ता सेयर २९ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । यस बैंकको एक करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । नयाँ नेपाल लघुवित्त विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले एकैदिन क्रमशः ९.९९ र ९.६० प्रतिशत कमाएका छन् । भार्गव विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन् । कम्पनीले ५.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७ प्रतिशत रहेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यसैगरी, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले एकैदिन ९.८५९ प्रतिशत गुमाएका छन् । मंगलबार कारोबार आएका दुई समूह बाहेक बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ४९ अंकले उकालो लागेको छ । त्यसैगरी, जिवन बीमा समूह २० र निर्जीवन बीमा समूहको परिसूचक १९ अंकले बढेको छ । उता उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १९ र ०.७ अंकले राताम्मे भएका छन् ।
भारतमा मोवाइल कल शुल्क ६६ प्रतिशत गिरावट, प्रतिमिनेट १६ पैसाँ भारु
काठमाडौं । मुकेश अम्बानीले रिलायन्स जिओ टेलिकम कम्पनी सञ्चालनमा ल्याएपछि भारतमा मोवाइल शुल्कमा ६६ प्रतिशत घटेको छ । सन् २०११ मा मोवाइलको कल प्रतिमिनेट ४८ देखि ५१ पैसा भारु रहेकोमा यो वर्ष घटेर १६ पैसामा झरेको हो । मोवाइल शुल्क अझै सस्तो हुने अनुमान गरिएको छ । रिलायन्स जिओ टेलिकम कम्पनीका कारण मोवाइलको शुल्कमा भारी गिरावट आएको त्यहाँको टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डियाले जनाएको छ । टेलिकम कम्पनीबीच तिब्र प्रतिस्पर्धा भएको र रिलायन्स जियो सञ्चालनमा आएपछि मोवाइल कल शुल्कमा भारी गिरावट आएको हो । गत डिसेम्बरमा कल शुल्क प्रतिमिनेट १९ पैसा भारु थियो । गत मार्चमा घटेर १६ प्रतिशतमा झरेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
भार्गव विकास बैंकले ५.८४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ५० करोड नाघ्ने
काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई ५.८४७९६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजीको ५.५५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो । हाल बैंकको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ पुग्ने छ । बैंकले २ करोड ६४ लाख रुपैयाँ बोनस र १३ लाख ८९ हजार ४७३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सिभिल बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी विभिन्न जीवन बीमाका योजनाहरु ल्याईएको बताएका छन् । सिभिल बैंकले यस अघिपनि जीवन बीमा कम्पनीहरु मेटलाइफ र एलआईसी नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
अब कृषि विकास बैंकबाटै डिम्याट खाता खोल्न सकिने
काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् । साथै, ग्रामिण क्षेत्र समेत पुँजी बजारमा प्रत्यक्ष सहभागी भै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने बैंकको अपेक्षा छ । सो सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।
एनएफआरएस मापदण्डले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउन ढिलाइ हुने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनिवार्य लागु गर्नुपर्ने भएको छ । एनआरएफएसअनुसार वित्तीय विवरण बनाउनु पर्दा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण तयारीमा ढिलाइ हुन गएको छ । वित्तीय विवरण सार्वजनिक गरेका सिटिजन्स बैंक र नेपाल बैंकले पुनः एनएफआरएस मापदण्डमा रहेर वित्तीय विवरण बनाउनु पर्ने भएको छ । एनएफआरएस मापदण्ड लागु गर्नुपर्ने भएकाले गत आर्थिक वर्षको वित्तीय विवरण आउन अझै १० दिन बढी समय लाग्ने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुन्जेलीले बताइन् । एनएफआरएस मापदण्डले कर्जा नोक्सानी अनुपात कम हुने देखिएको उनले जानकारी दिइन् । यता नेपाल बैंकले एनएफआर मापदण्डमा पुनः गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकले गत मंसिर १४ गते निर्देशन जारी गरी प्रत्येक ३ महिनामा प्रकाशित हुने वित्तीय विवरण एनएफआरएस मापदण्डमा गर्न भनेको थियो ।
लक्ष्मी बैंकको थप पाँच शाखा सञ्चालनमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप पाँच नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसी, ताप्लेजुङ्गको पाथिभरा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी सो मात्राको शाखा संचालनमा ल्याएकोे हो । यी शाखा सहित बैंकको शाखा संख्या ९४, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ बनाउने विश्वास राखेको छ । शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने छ । साथै, शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।