
काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिने भएका छन् । उनले पत्रकारसम्मेलन गरेर राजीनामा घोषणा गर्ने भएका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।
विदास्पद अभिव्यत्तिका कारण नेपाल कम्युनिष्ट पार्टीले राजीनामा गर्न निर्देशन दिएको छ । मन्त्री तामाङले माफी मागे पनि सर्वत्र आलोचना भएपछि पार्टीले राजनीनामा गर्न निर्देशन दिएको हो । मन्त्री तामाङले आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा घोषणा गर्ने भएका छन् ।