वित्तिय अपराध र आतंकवाद क्रियाकलपमा सरकार कठोर छ: अर्थमन्त्री खतिवडा

<p>काठमाडौं । सम्पति सुद्धिकरणको उपाय खोज्न विभिन्न ४० देशका सरकारी अधिकारीहरु काठमाडौंमा भेला भएका छन् । एसिया प्यासीफीक ग्रुप अन मनि लाउन्डरिङको २१ औं सम्मेलनमा ४० देशका ५५ जना प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले वित्तिय अपराध र आतंकबादी क्रियाकलापमा सरकार कठोर रहेको बताएका छन् । सम्पत्ति सुद्धिकरण अन्तर्राष्ट्रिय सवाल [&hellip;]</p>

काठमाडौं । सम्पति सुद्धिकरणको उपाय खोज्न विभिन्न ४० देशका सरकारी अधिकारीहरु काठमाडौंमा भेला भएका छन् । एसिया प्यासीफीक ग्रुप अन मनि लाउन्डरिङको २१ औं सम्मेलनमा ४० देशका ५५ जना प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले वित्तिय अपराध र आतंकबादी क्रियाकलापमा सरकार कठोर रहेको बताएका छन् । सम्पत्ति सुद्धिकरण अन्तर्राष्ट्रिय सवाल भएको बताउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सयुंक्त प्रयास आवश्यक रहेको बताएका हुन् ।

ुनेपालका लागि सम्पत्ति शद्धिकरणलाई दिगो विकास र सुशासनसँग जोडेर हेरेका छौ, यसको जोखिम कम गर्न नेपालले कुनै कसर बाँकी राखेको छैन खतिवडाले भने अब श्रोत नखुलेको सम्पत्तिको मोनिटरिङ गर्ने पनि निकाय बन्छ ।

कार्यक्रममा प्रतिनिधिहरुले सम्पत्ति सुदृढीकरण सम्बन्धी विभिन्न कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।

Share News