काठमाडौँ । गर्मी मौसमा सर्पदंशका घटना निकै बढ्ने गरेका छन् । खासगरी नेपालको तराईंमा सर्पदंशका घटना बढी हुन्छन् । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् ।

स्वास्थ्य सेवा विभागको तथ्याङ अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७३/७४ को अवधिमा सबैभन्दा धेरै २०६६/६०७ सालमा बिषालु सर्पको टोकाइबाट मृत्यु भएको थियो । जसमा १३१ जनाको मृत्यु भएको थियो । सो आर्थिक वर्षमा १ हजार ३१९ जनालाई बिषालु सर्पले टोकेको थियो । १ हजार ३१९ जना मध्ये १ हजार १८८ जना उपचारपछि निको भएको थियो । १३१ जनाको बिषालु सर्पको टोकाइपछि मृत्यु भएको थियो ।
सोही वर्ष १५ हजार ८४४ जनालाई बिष नलागने सर्पले टोकेको विभागले जानकारी दिएको छ । सो वर्ष १७ हजार १६३ जनालाई सर्पले टोकेको थियो । आर्थिक वर्ष २०६५/६६ मा जम्मा १३ हजार १७ जनालाई सर्पले टोकेको थियो । जसमा ११ हजार ८८३ बिष नलागने र १ हजार १४३ बिषालु सर्पले टोकेको थियो । सो वर्ष बिषालु सर्पले टोकेर १२८ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०६७/६८ मा जम्मा १८ हजार २०४ जनालाई सर्पले टोकेको थियो । जसमा १७ हजार १२१ बिष नलागने र १ हजार ८३ जनालाई बिसालु सर्पले टोकेको थियो । सो वर्ष बिषालु सर्पले टोकेर १२८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६८/६९ मा जम्मा १४ हजार ७६८ जनालाई सर्पले टोकेको थियो । जसमा १३ हजार ७८९ बिष नलागने र ९७९ बिसालु सर्पले टोकेको थियो । विषालु सर्पले टोकेका मध्य ८९० जनालाई निको भएको थियो । ८९ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०६९/७० मा जम्मा १४ हजार ३२९ जनालाई सर्पले टोकेको थियो । जसमा १३ हजार ४६२ बिष नलागने र ८६७ बिषालु सर्पले टोकेको थियो । बिसालु सर्पले टोकेका मध्य ७८८ जनालाई उपचारपछि निको भएको थियो । ७९ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०७०/७१ मा जम्मा ५ हजार १४३ जनालाई सर्पले टोकेको थियो । जसमा ४ हजार १४५ बिष नलागने र ९९८ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ९८८ जनालाई उपचार पछि निको भएको थियो । र १० जनाको मृत्यु भएको थियो ।
९ वर्षको तथ्याङलाई हेर्दा आर्थिक वर्ष २०७१/७२ मा सबै भन्दा कम अर्थात १ जनाको मात्रै मृत्यु भएको छ । जम्मा ४ हजार १२८ जनालाई सर्पले टोकेको थियो । जसमा ३ हजार ४६१ बिष नलागने र ६६७ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ६४३ जनालाई उपचारपछि निको भएको थियो ।
आर्थिक वर्ष २०७२÷७३ मा जम्मा ३ हजार २६८ जनालाई सर्पले टोकेको थियो । जसमा २ हजार ६०५ बिष नलागने र ६६३ बिसालु सर्पले टोकेको थियो । बिसालु सर्पले टोकेका मध्य ६४३ जनालाई उपचार पछि निको भएको थियो । र २० जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ६ हजार २२१ जनालाई सर्पले टोकेको थियो । जसमा ५ हजार २०९ बिष नलागने र ९१२ बिसालु सर्पले टोकेको थियो । बिषालु सर्पले टोकेका मध्य ८७९ जनालाई उपचार पछि निको भएको थियो । र ३३ जनाको मृत्यु भएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. समिरकुमार अधिकारीले नेपालमा २० हजारलाई पुग्ने सर्पदंशको औषधी भारतबाट किन्ने गरिएको जानकारी दिए । ८५ किसीमका सर्पहरु मध्य १८ किसीमको सर्प बिषालु हुने उनले बताए । नेपालमा भने २ किसीमका बिषालु सर्पहरुले टोकेका बिरामीहरु अस्पताल आउने गरेका छन् । नेपालको दाङ, बर्दिया र बाँकेमा सर्पले धेरैलाई टोकने गरेको छ । बिरामीलाई सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउने गर्छ ।
यसका साथै सर्पले टोकेको बिरामीलाई जतिसंदो चाडो अस्पताल लानु पर्छ । अस्पताल आएका बिरामीहरु निको भएर घर फर्ने गरेका छन् । जति सर्पको टोकाइबाट मृत्यु हुन्छ । ति अस्पतल ठिलाआएको वा तंन्त्रमंत्रको भरमा बसेकाहरु हुन ।