जाजरकोटमा १० बर्षयता बनेको खानेपानी योजना अलपत्र

<p>जाजरकोट । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् । खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ । बारेकोट गाउँपालिका–४, जिरीका [&hellip;]</p>

जाजरकोट । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् ।

खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ ।

बारेकोट गाउँपालिका–४, जिरीका ३०० परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र खुर्पा–५का ६०० घरपरिवारलाई पानीकै पिरलो छ । भेरी नगरपालिका–१३, कुदुका ८०० घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् ।

जाजरकोटमा करीब १० हजार घरपरिवार खानेपानीको पहुँच बाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण पटक–पटक भाइरल इन्फ्लुएन्जा, झाडापखालालगायत महामारी फैलिने गरेको छ । महामारीकै कारण ४०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

एक आवमा तीन दर्जन योजनाका लागि रु पाँच करोड मात्र खर्चने गरिएको छ । अत्यावश्यक रहेका कतिपय गाउँमा योजना नै पर्दैनन्, बनेका योजना पनि मर्मतसम्भार अभावमा अलपत्र रहेको स्थानीय अटल आचार्यले बताए।

सरकारी तथा गैरसरकारी निकायले बर्सेनी करोडौँ खर्चे पनि पानीको समस्या ज्यूँका त्यूँ रहेको स्थानीयको भनाइ छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका अनुसार जिल्लाका ३१ हजारमध्ये २४ हजार घरधुरीमा स्वच्छ खानेपानी सुविधा छ ।

गत आवमा स्थानीय तह र कार्यालयले १३ हजार घरपरिवारका लागि ३०० योजना निर्माण गरेका छन् । बजेट अभावमा पुराना योजना मर्मतसम्भार र नयाँ निर्माणले गति लिन नसकेको सव–डिभिजन प्रमुख महेशी महतोले बताए। रासस

Share News