
काठमाडौं । कसले पहिलो बोल्ने भन्ने विषयमा राष्ट्रियसभाको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदबीच भनाभन सुरु भएको छ ।
नेपाली काँग्रेसले आफुले बोल्न पाउनुपर्ने अडान लिएर राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । अहिले दुवै पक्षबीच भनाभन भइरहेको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शान्त हुन आग्रह गरेका छन् ।