प्रधानमन्त्री भन्छन्ः नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको होइन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् । उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएकाे पाइएको पनि बताउँदै उनीहरुकाे काेराेनाकै कारणले मृत्यु भएकाे भन्न नमिल्ने बताए । निधन भएका भनिएकाहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनकाे धारणा छ ।
ढुक्क हुँदा हुन्छ, कोरोनामा भ्रष्टाचार भएको छैनः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोराेना भाइरस (काेभिड-१९) मा कुनै भ्रष्टाचार नभएकाे बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने बताएका हुन् । उनले संसदमा विभिन्न सांसदहरुले काेराेना भाइरसमा भ्रष्टाचार तथा अनियमितता भएकाे प्रश्न उठाएकाेले आफ्नाे नेतृत्वकाे सरकारले भ्रष्टाचार हुन नदिने प्रष्ट पारेका छन् । उनले अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब देखाइने पनि बताए । महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने र कहीँकतै भ्रष्टाचार भयो भनेर आशंकित नहुने पनि आग्रह गरे । याे विपतकाे समयमा सबैले मिलेर काम गर्नु पर्ने भएकाले कसैले पनि भ्रष्टाचारकाे विषयमा साेच्दा पनि नसाेच्ने बताए ।
प्रधानमन्त्री भन्छन्: प्रदेश र स्थानीय तहहरुले असाधारण तरिकाले काम गरिरहेका छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीत तहहरुका जनप्रतिनिधिहरुले असाधारण हिसावले काम गरेको बताएका छन् । अहिले प्रतिनिधि सभा संसदकाे बैंठकमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै उनले साे कुरा बताएका हुन् । कोरोना भाइरसको जोखिम कम गर्नको लागि प्रदेश र स्थानीय तहहरुले गरेको कामको प्रशंसा गर्दै उनले सो कुरा तबताएका हुन् । अहिले विभिन्न मानिसहरुले अनियमितता र भ्रटाचारको विषयमा बोलेको बताउँदै त्यस्तो काम गर्ने जनप्रतिनिधि र आपत विपतको बेलामा भ्रष्टाचार नगरेको बचाउ पनि गरे । जनप्रतिनिधिहरु यस्तो विपतको समयमा स्वास्थ्य सामग्री बिनै विभिन्न क्वारेन्टाइनमा खएिको भन्दै प्रशंसा समेत गरे । उनले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शिर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
५० लाखसम्म अनुदान लिन ६ सय ९९ जनाको पर्यो आवेदन, नयाँ उद्योगका लागि कसरी पाइन्छ रकम ?
काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदानका लिनका लागि ६ सय ९९ सय जनाको आवेदन परेको छ । नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५ लाख रुपैयाँदेखि ५० लाखसम्म अनुदान दिने भनेर राष्ट्रिय योजना आयोगले बैशाख २९ सूचना प्रकाशन थियो । सरकारले निकालेको सूचनामा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भनिएको छ । राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख किशोर जोसीले ६ सय ९९ वटा आवेदन परेको जानकारी दिए । अनुदान दिनको लागि ३ हजार २ सया २० जनाले युजरनेर र पासवर्ड बनाएका थिए । युजरनेम र पासवर्ड बनाएपछि मात्रै अनुदानका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसरी युजरनेम र पासवर्ड बनाएकामध्ये ६ सय १७ जनाले बीचैमा छोडेको र अन्यले प्रक्रिया पुरा नगरेको जोशीले जानकारी दिए । आयोगले अनुदानका लागि आवेदन पेश गर्न बैशाख २९ सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन भएको ३० दिनभित्रमा ३ हजार २ सय २० जनाले युजरनेम र पासर्वड बनाए पनि ६ सय ९९ जनाले मात्रै ५ देखि ५० लाखसम्म अनुदान पाउँ भन्दै आवेदन गरेका हुन । गत वर्षको फागुनमा अर्थ मन्त्रालयले स्टार्टअपलाई सुरूआती पुँजीको रूपमा अनुदान उपलब्ध गराउन अनुदान कार्यविधि सार्वजनिक गरेको थियो । त्यही कार्यविधि अनुसार आयोगको सदस्य संयोजक रहने गरी ५ सदस्यीय निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको थियो । सो समितिले अनुदान आह्वानको सूचना प्रकाशन गर्ने व्यवस्था थियो । अर्थ मन्त्रालयको कार्यविधिको अनुसार आयोगले सूचना प्रकाशन गरेको हो । योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले नवीन आविष्कार र उद्यम गर्नेलाई सरकारले ५० लाख रूपैयाँसम्म अनुदान दिने बताए । नयाँ व्यवसायमा सरकारले दिए जति नै रकम व्यक्ति वा संस्थाले पनि लगानी गर्नु पर्नेछ । आवेदन परेका र त्यसबाट छानिएका स्टार्टअपहरूलाई न्यूनतम १० लाखदेखि १ करोड रूपैयाँसम्मको लागत भएको परियोजनाको कुल लागतको बढीमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था कार्यविधिमा उल्लेख छ । त्यसै अनुसार स्टार्टअप कम्पनीहरूले ५ देखि ५० लाख रूपैयाँसम्म अनुदान पाउँने छन भने बाँकी पैसा आफैले लगानी गर्नु पर्ने छ । प्रस्ताव छनोट भएपछि के गर्ने ? प्रस्ताव छनोट भएमा आविष्कारक, उद्यमी वा व्यवसायी व्यक्ति वा संस्थासँग प्रस्ताव कार्यान्वयन गर्ने अवधिका विषयमा समितिसँग सम्झौता गर्नुपर्छ । अनुदान लिएर नवप्रवर्तनको काम गर्नेले प्रत्येक ४ महिनामा आफूले गरेको काम कारबाहीको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ । छनोटमा परेपछि कसरी पाइन्छ अनुदान रकम ? छनोट भएका प्रस्ताव कार्यान्वयन शुरू भएपछि पहिलो किस्ता, कार्य प्रगतिको आधारमा दोस्रो किस्ता र काम सम्पन्न भएपछि तेस्रो किस्ताको रकम पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । स्टार्टअप कम्पनीहरूको प्रस्तावलाई निर्देशक समितिले मूल्याङ्कनका लागि प्रस्ताव मूल्याङ्कन उपसमितिमा पठाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । उपसमितिले ३० दिन भित्रमा प्रस्ताव मूल्याङ्कन गरी निर्देशक समितिमा सिफारिस गर्ने छ ।
शिक्षा मन्त्रालय भन्छः यो महिनामा परीक्षाको टुंगो लाग्छ, असार १ गतेदेखि शैक्षिक कार्यक्रमहरु सुरु हुन्छ
काठमाडौं । मंगलबार सरकारले लकडाउन गरेका ७८ दिन पुगेको छ । कोभिड १९ को कारण चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएका छन् । यो लकडाउनसँगै शिक्षा क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । एसईई, कक्षा ११ र १२, स्नातक तहदेखि लिएर विश्वविद्यालयको सबैस्तरको परीक्षाहरु स्थगित भएका छन् । बैशाखको पहिलो हप्ता सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र २०७७ पनि स्थगित नै छ । र, शैक्षिक क्षेत्र बन्द भएको करिब ३ महिना पुग्दासम्म शिक्षा मन्त्रालयको तर्फबाट कुनै पनि प्रकारको ठोस निर्णय भएको छैन । मन्त्रलायले लकडाउनको २ महिना पुरा गरिसकेपछि जेठ १८ गते आएर वैकल्पिक प्रणालीबाट विद्यार्थी शिक्षा सहजीकरण निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार मन्त्रालयले असार १ गतेबाट शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउने निर्देशिका जारी गरेको हो । यस्तै परीक्षाको विषयहरु पनि छलफलकै क्रममा रहेको मन्त्रालय बताउँछ । मन्त्रालयले यो लकडाउनको समयमा के गर्यो त ? शिक्षा मन्त्रलायले कोरोना महामारीको बेला शैक्षिक सत्र खेर जान नदिन असार १ गतेबाट सिकाईलाई निरन्तरता दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको शिक्षामन्त्री गिरिराज मणि पोखरेलले जानकारी दिए । उनले प्राप्त सुझाव बमोजिम सिकाइ सहजीकरण सम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गरे । घरलाई नै विद्यालय बनाऔं भन्ने मुल लक्ष्यको साथ अभिभावक र विद्यालयलाई सामेल गराई यसलाई अगाडी बढाउन लागेको मन्त्री पोखरेलले बताए । ‘यसको लागि मन्त्रायलले ४ वटा पद्धति तयार पारेको छ, पहिला विद्यार्थीहरुको हातमा पाठुयपुस्तक पुराउने र त्यससँगै सिकाई सामाग्रीहरु पनि तयार गरेका छौं, धेरै पालिकाहरुले छापेर बाँडिसकेका छन्, दोस्रो हामीले एफएमहरुबाट पठनपाठनहरु बढाऔं भनेका हौं, २०७२ सालमा पनि नाकाबन्दी पछिको स्थितिमा विशेष मधेसमा यो प्रकृया अगाडि बढाएका थियौं, अहिले पनि विभिन्न जिल्लामा यो सुरु भईसकेको छ,’ उनले भने । टेलिभिजन मार्फत पठनपाठन सुरु गर्ने कार्यक्रम छ, जसमा कक्षा ९ र १० को अनिवार्य विषयको पठनपाठन सुरु गरिसकिएको उनको भनाइ छ । गत आइतबारदेखि शुक्ररबारसम्म ११ देखि ३ बजेसम्म पढाई भइरहेको पनि मन्त्री पोखरेलले जानकारी दिए । कक्षा १ देखि ८ सम्मको सामाग्री पनि तयार हुदै गरेको उनको भनाइ छ । यस्तै मानव श्रोत विकास केन्द«ले पनि पोर्टेल निर्माण गरेको र त्यसबाट विद्याथीले आवश्यक सामाग्रीहरु लिनसक्ने पोखरेलले बताए । अनलाईन कक्षा कमको पहुँचमा भएको कारण चौंथो पद्धतिको रुपमा यसलाई लिएको उनी बताउँछन् । यस पद्धतिले विद्यार्थीहरुको शैक्षिक क्षतिलाई कम गर्ने र भोली गएर शैक्षिक सत्र सुरु हुँदा त्यससँग जोड्नलाई ठूलो मद्धत पुराउने आशा आफुहरुले गरेको मन्त्री पोखरेलले बताए । ‘यस पद्धतिको लागि स्थानीय तहलाई प्रारम्भिक रुपमा सहयोग गर्नको लागि ३,४ र ५ लाख गरी २८ करोड रकम चालु बजेटबाट नै माग गरी अर्थमन्त्रालय पठाएको छौं, आउने वर्ष यसको लागि १ अर्ब ६४ करोड रकम यसको लागि छुटाईको छ,’ उनले थपे । परीक्षहरुको विषयमा के हुँदैछ ? मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले परीक्षाहरुको विषयमा भएको अन्योलतालाई सरकारले तुरुन्त निकास दिने बताए । उनले विद्यालय तह, स्नातक तह, स्नाकोत्तर तहलगायत सबै तहको अन्तिम वर्षको परीक्षाहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा संचालन गर्ने तयारी भइरहेको बताए । यस्तै पहिलो समेस्टरको पढाई पुरा भएकाहरुलाई परीक्षा नलिई दोस्रो सेमेस्टरमा लैजाने र समय हेरेर परीक्षा शैक्षिक सत्र क्षति हुन नदिन तर्फ अन्तिम गृहकार्य भइरहेको पनि उनले जानकारी दिए । आगामी दिनमा के हुन्छ भन्ने विषय विपतसँग गाँसिएको र धेरै विद्यालयहरु क्वारेन्टिन बनाइएका हुनाले पनि केही समस्याहरु आईपरेको पोखरेलले बताए । ‘एसईईको परीक्षा नहुँदा कारण धेरैमा मनावैज्ञानिक असर परेको हामीलाई थाहा छ तर समस्या एसईईमा मात्र नभएर सबैमा भएको कारण समस्ता परीक्षाहरुलाई लिएर एउटा धारण बनाउन लागेका छौं,’ मन्त्री पोखरेलले भने । एसईईको हकमा भने सुरुमा केन्द्र थपेर परीक्षा संचालन गर्ने निर्णयमा पुगिएको तर संक्रमण बढ्दै गएपछि र मृत्युका घटनाहरु पनि सुनिएपछि त्यसलाई स्थगित गरी अब मन्त्रालय विभिन्न विकल्पमा पुगेको पनि उनले बताए । एसईई खारेज गर्ने कि, एसईई परीक्षा विद्यालयलाई नै सुम्पिने वा अहिले परीक्षा दिन पर्खिरहेकाहरुलाई कम्तिमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरिदिने उचित पद्धति निर्माण गर्ने विषय पर्याप्त गृहकार्य छलफल भइरहेको र यस महिनाभित्र लकडाउनको विषयलाई लिएर भएको निर्णयसँगै परीक्षाको निर्णय पनि आउने उनले बताए ।
३९ जना यात्रु बोकेको टिपर कर्णाली नदिमा खस्यो
काठमाडौं । ३९ जना मानिस बोकेको टिपर कर्णाली नदिमा खसेको छ । कालिकाेटकाे लालिगाढबाट राजकाेट जाँदै गरेकाे ना ८ ख ५१३३ नम्बरकाे टिप्पर नदिमा खसेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले बताएकाे छ । क्वारेन्टाइनमा रहेका मानिसलाइ बाेकेर हिडेकाे टिपर बिचबाटाेमा चालक र यात्रुबिच विवाद हुदाँ एक जना यात्रुले गाडी चलाएकाे बुझिएकाे छ । नदिमा करिव ३० जना यात्रु हराएकाे शंका गरिएकाे छ । अहिले प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरूले उद्दार गरिरहेकाे बताइएकाे छ । यस बारे विस्तृत जानकारी आउन भने बाँकी छ ।
लकडाउनमा सिद्धार्थ इन्स्योरेन्सले गर्यो १३ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी
काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले बताएका हुन् । यसै सन्दर्भमा हालै कम्पनीले बीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई ३ करोड ६७ लाख ५० हजार रुपैयाँ तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को १ करोड ५९ लाख रुपैयाँ बराबरको दावीहरु फर्छयौट गरि दावी रकमको चेक हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा कूल १ अर्ब १६ करोड १३ लाख ९८ हजार १८७ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने आर्थिक वर्ष २०७६/२०७७ हाल सम्मको अवधिमा ७९ करोड २ लाख ८ हजार ६३९ रुपैयाँ दावी भुक्तानी गरेको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक, आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पुर्याई रहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स बीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ । यस विषम परिस्थितिमा समेत बीमित आकांक्षा अनुरुपको बीमा सेवा प्रदान गर्ने लक्षका साथ नेपाल सरकारले तोकेको मापडण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरुद्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि बीमा दावी फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको उप प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिएका छन् । बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको छ ।
रोकिएको ङादी आयोजनाको काम अघि बढ्यो
लमजुङ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला सहज भएसँगै आयोजनाको काम शुरु भएको हो । यतिबेला आयोजनाको ड्यामसाइट र डेनस्टक पाइप लाइनको काम भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । “चिनियाँ करिब ४० र नेपाली दुई/तीन जना कामदारले काम गरिरहेका छन्, लकडाउनका कारण केही समय रोकिँदा आयोजनाको काम प्रभावित भए पनि अहिले भने धमाधम भइरहेको छ”, उनले भने । विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको यस आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार गत चैत्र महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । तर, विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माणकार्य लम्बिएको छ । हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब ६ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । रासस