५० लाखसम्म अनुदान लिन ६ सय ९९ जनाको पर्यो आवेदन, नयाँ उद्योगका लागि कसरी पाइन्छ रकम ?

<p>काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदानका लिनका लागि ६ सय ९९ सय जनाको आवेदन परेको छ । नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५ लाख रुपैयाँदेखि ५० लाखसम्म अनुदान दिने भनेर राष्ट्रिय योजना आयोगले बैशाख २९ सूचना प्रकाशन थियो । सरकारले निकालेको सूचनामा नवीनतम ज्ञान, सीप [&hellip;]</p>

काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदानका लिनका लागि ६ सय ९९ सय जनाको आवेदन परेको छ ।

नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५ लाख रुपैयाँदेखि ५० लाखसम्म अनुदान दिने भनेर राष्ट्रिय योजना आयोगले बैशाख २९ सूचना प्रकाशन थियो । सरकारले निकालेको सूचनामा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भनिएको छ ।

राष्ट्रिय योजना आयोगका अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख किशोर जोसीले ६ सय ९९ वटा आवेदन परेको जानकारी दिए । अनुदान दिनको लागि ३ हजार २ सया २० जनाले युजरनेर र पासवर्ड बनाएका थिए । युजरनेम र पासवर्ड बनाएपछि मात्रै अनुदानका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसरी युजरनेम र पासवर्ड बनाएकामध्ये ६ सय १७ जनाले बीचैमा छोडेको र अन्यले प्रक्रिया पुरा नगरेको जोशीले जानकारी दिए ।

आयोगले अनुदानका लागि आवेदन पेश गर्न बैशाख २९ सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन भएको ३० दिनभित्रमा ३ हजार २ सय २० जनाले युजरनेम र पासर्वड बनाए पनि ६ सय ९९ जनाले मात्रै ५ देखि ५० लाखसम्म अनुदान पाउँ भन्दै आवेदन गरेका हुन ।

गत वर्षको फागुनमा अर्थ मन्त्रालयले स्टार्टअपलाई सुरूआती पुँजीको रूपमा अनुदान उपलब्ध गराउन अनुदान कार्यविधि सार्वजनिक गरेको थियो । त्यही कार्यविधि अनुसार आयोगको सदस्य संयोजक रहने गरी ५ सदस्यीय निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको थियो । सो समितिले अनुदान आह्वानको सूचना प्रकाशन गर्ने व्यवस्था थियो । अर्थ मन्त्रालयको कार्यविधिको अनुसार आयोगले सूचना प्रकाशन गरेको हो ।

योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले नवीन आविष्कार र उद्यम गर्नेलाई सरकारले ५० लाख रूपैयाँसम्म अनुदान दिने बताए । नयाँ व्यवसायमा सरकारले दिए जति नै रकम व्यक्ति वा संस्थाले पनि लगानी गर्नु पर्नेछ ।

आवेदन परेका र त्यसबाट छानिएका स्टार्टअपहरूलाई न्यूनतम १० लाखदेखि १ करोड रूपैयाँसम्मको लागत भएको परियोजनाको कुल लागतको बढीमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था कार्यविधिमा उल्लेख छ । त्यसै अनुसार स्टार्टअप कम्पनीहरूले ५ देखि ५० लाख रूपैयाँसम्म अनुदान पाउँने छन भने बाँकी पैसा आफैले लगानी गर्नु पर्ने छ ।

प्रस्ताव छनोट भएपछि के गर्ने ?

प्रस्ताव छनोट भएमा आविष्कारक, उद्यमी वा व्यवसायी व्यक्ति वा संस्थासँग प्रस्ताव कार्यान्वयन गर्ने अवधिका विषयमा समितिसँग सम्झौता गर्नुपर्छ । अनुदान लिएर नवप्रवर्तनको काम गर्नेले प्रत्येक ४ महिनामा आफूले गरेको काम कारबाहीको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।

छनोटमा परेपछि कसरी पाइन्छ अनुदान रकम ?

छनोट भएका प्रस्ताव कार्यान्वयन शुरू भएपछि पहिलो किस्ता, कार्य प्रगतिको आधारमा दोस्रो किस्ता र काम सम्पन्न भएपछि तेस्रो किस्ताको रकम पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

स्टार्टअप कम्पनीहरूको प्रस्तावलाई निर्देशक समितिले मूल्याङ्कनका लागि प्रस्ताव मूल्याङ्कन उपसमितिमा पठाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । उपसमितिले ३० दिन भित्रमा प्रस्ताव मूल्याङ्कन गरी निर्देशक समितिमा सिफारिस गर्ने छ ।

Share News