विकासन्युज

यसकारण भक्तपुर क्यान्सर अस्पताल समस्यामा

भक्तपुर । क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताल समस्यामा परेको छ । अस्पतालका लागि दैनिक अति आश्वयक सामानहरुको भुक्तानीको चेकमा व्यवस्थापन समितिले हस्ताक्षर नगरिदिँदा दैनिक कामकाजमा समस्या परेको हो । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले प्रेस विज्ञप्ति प्रकाशित गरी अति आवश्यक सेवाका चेकहरुमा भुक्तानी दिन व्यवस्थापन समितिबाट हस्ताक्षर नुहँंदा दैनिक अति आवश्यक सेवाहरुको अभावमा समस्या भएको जनाए । अस्पतालमा भ्रष्टाचार भएको भन्दै पुरानो समिति भंग गरी स्थानीय निकायको रुपमा रहेको भक्तपुर नगरपालिकाले झण्डै वर्षदिन अघि नयाँं व्यवस्थापन समिति गठन गरेको थियो । यसो हुँदा दुई वटा व्यवस्थापन समिति भई दुईपक्षबीच द्धन्द्ध थियो । तर अहिले नयाँं व्यवस्थापन समिति निश्क्रिय छ । यही द्धन्द्धका कारण पुरानो व्यवस्थापन समितिले अस्पताल सञ्चालनमा अवरोध सृजना गर्न प्रयासरत छ । संघले यही अवरोध हटाउन माग गरेको हो । अस्पतालको पुरानो व्यवस्थापन समितिले भ्रष्टाचार गर्न मिल्ने ठाउँंका चेकहरुमा चाहिँ धमाधम हस्ताक्षर गरिरहेको तर भ्रष्टाचार गर्न नमिल्ने अस्पताललाई दैनिक अति आवश्यक समानहरुका चेकहरुमा हस्ताक्षर नभई समस्या पार्ने प्रयास भइरहेको आरोप कर्मचारीहरुले लगाएका छन् । समस्या समाधान गरी अस्पताल सुचारु रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन संघले प्रशमाशनसमक्ष पहलकदमीका लागि पनि अनुरोध गरेको छ ।

गाडीमा कर बढाएको विषयमा अर्थमन्त्रीको अर्काे अभिव्यक्ति, ‘महामारीको बेला कर धेरै चाहियो बढाएँ’

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिजुली गाडीमा कर बढाएको बारे फरक अभिव्यक्ति दिएका छन् । उनले बुधबार संसदमा बोल्दै कोरोना महामारीको समयमा कर धेरै चाहिएकोले विजुलीको गाडीमा कर बढाएको बताएका छन् । यो भन्दा अगाडि केही सैद्धान्तिक कुराहरु गर्दै आएपनि आज भने उनले सरकारलाई कर धेरै चाहिएकोले बढाएको धारणा राखेका हुन् । आर्थिक विधेयकबाट कर बढाएपछि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिंदै खतिवडाले अहिले संकटको समयमा सरकारलाई केही राजश्व धेरै चाहिएकाले पनि कर बढाइएको जानकारी दिएका हुन् । बिजुली गाडीमा लगाइएको थप करको प्रतिरक्षा गर्न आफू सक्षम भएपनि यो दीर्घकालिन नभएको र आवश्यकता पर्दा सरकारले हेरफेर गर्नसक्ने संकेत पनि उनले गरेका छन् । ‘हामीले पहिला नविकरणीय उर्जा प्रयोग बढाउनका लागि निजी बिजुली साधनमा १० प्रतिशत भन्सार लगायौं, त्यस्तै अहिले कोभिड १९ को संकट छ, यतिबेला केही राजश्व पनि हामीलाई चाहिएको छ, त्यसैले अहिले कर बढाएका छौं,’ उनले भने । उनले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको पनि बताएका छन् । सांसदहरुले कर बढाउने भएपछि सरकारले सूचना पहिलै दिएर बिजुली गाडी बजेट अघि धमाधम आयात भएको भन्दै प्रश्न उठाएका थिए। खतिवडाले जेठ १ देखि १४ गतेसम्म ७५ओटा गाडी आयात भएको र १४ गते २ गाडीमात्र भन्सार पास भएकाले उक्त आरोप भ्रम भएको बताएका स्पष्ट पारेका छन् । सम्बन्धित समाचार: विद्युतीय गाडी सस्तो नहुँदासम्म कर घटाइँदैनः अर्थमन्त्री (भिडियाे सहित)

थप २ सय ७९ जनामा काेराेना संक्रमण देखियाे

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४३ सय ६५ पुगेकाे छ जसमा ६ सय ७४ जना निकाे भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

एघार महिनाकाे पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांकानुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा विकासनिर्माणका लागि पूँजीगत खर्चतर्फ रु चार खर्ब आठ अर्ब ५९ करोडको बजेट छुट्याएका हालसम्म रु एक खर्ब २३ अर्ब पाँच करोड पाँच लाख खर्च भएको देखिन्छ । चालुखर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालुतर्फ रु नौ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा मङ्गलबारसम्म ६७ दशमलव १८ प्रतिशतस्वरुप रु छ खर्ब ४२ अर्ब ९३ करोड ९४ लाख खर्च भएको मनिकाको तथ्याङ्कले देखाएको छ । रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख वित्तीय व्यवस्था (सार्वजनिक संस्थानमार्फत पूँजी निर्माणमा हुने खर्चका लागि दिइने बजेट) तर्फ खर्च गर्ने लक्ष्य लिइएकामा हालसम्म रु ८३ अर्ब ८६ करोड ८३ लाख (४९ दशमलव ९६ प्रतिशत) खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्टाएकामा एघार महिनाका अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थापन गरी रु आठ खर्ब ४९ अर्ब ८५ करोड ८१ लाख खर्च (५५ दशमलव ४४ प्रतिशत खर्च) भएको हो । गत माघ अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा युवराज खतिवडाले संशोधित बजेटको आकार रु १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याएका थिए । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो । राजश्व ५७ प्रतिशत चालु आर्थिक वर्षमा सरकारको राजश्व सङ्कलनको अवस्था ५० प्रतिशत नाघेको छ । एघार महिनाका अधिमा लक्ष्यको ५७ दशमलव ४३ प्रतिशत आम्दानी भएको मनिकाले देखाएको छ । रु ११ खर्ब १२ अर्ब ३३ करोडको वार्षिक लक्ष्यमा हालसम्म रु छ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख राजश्व संकलन भएको छ । यसैगरी कर आम्दानीतर्फ ५७ दशमलव ५६ प्रतिशत उपलब्धि भएको छ । रु दश खर्ब नौ अर्ब १६ करोड १८ लाख लक्ष्य रहेकामा रु पाँच खर्ब ८० अर्ब ८८ करोड ६३ लाख आम्दानी भएको छ । यस्तै गैरकर आम्दानी भने ५६ दशमलव १२ प्रतिशत भएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल सरकारी संयन्त्रको संस्थागत क्षमतामा कमी हुँदा लक्ष्यानुसार विकास खर्चमा कमी भएको बताउँछन् । “बजेट खर्च नहुनुमा अर्थ मन्त्रालय र अर्थमन्त्रीको मात्र जिम्मेवारी हुँदैन, सबै मन्त्रालय र मन्त्रीज्यूहरुले जिम्मेवारीका साथ नेतृत्व दिएमा विकास खर्चमा प्रगति हुन्छ”, उनले भने । उनका अनुसार सरकारले नीति मात्र बनाएर खर्च नबढ्ने भएकाले काम गर्ने परम्परालाई समेत परिवर्तन गरी खर्च नीतिलाई स्पष्ट बनाएमा लक्ष्यानुसार बजेट खर्चमा वृद्धि हुनेछ ।

मनसुन भित्रिन अझै केही दिन लाग्ने, औसत वर्षा हुने

काठमाडौं । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भने । यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । मनसुनमा औसत वर्षा हुने मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतको हाराहारीमा पानी पर्ने गर्छ । मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्र एक हजार ४९६ दशमलव सात मिलिमिटर र काठमाडौँको वार्षिक औसत वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर हो । मौसमविद्का अनुसार कम वर्षा हुने भन्दैमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसलधारे वर्षाले पनि ठूलो प्राकृतिक प्रकोप हुनसक्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भूभागलगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश २ का पश्चिमतिरका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै प्रदेश नं ५, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

देवघाटको विकासका लागि साढे तीन करोडका योजना शुरु

काठमाडाैं । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्र धार्मिक तीर्थस्थल देवघाटमा साढे तीन करोडका योजना निर्माण शुरु गरिएको छ । समितिले आफ्नो कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुरमा तीन करोड ४९ लाख रूपैयाँका योजना निर्माणको काम शुरु गरेको हो । तनहुँको देवघाट गाउँपालिका-५ तर्फ ७० लाख रूपैयाँ, चितवनको भरतपुर महानगरपालिका-१ तर्फ दुई करोड ५४ लाख रूपैयाँ र नवलपुरको गैँडाकोट नगरपालिका-२ तर्फ २५ लाख रूपैयाँका योजनाको काम शुरु भएको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । योजना निर्माणका लागि गण्डकी प्रदेश सरकार, वाग्मती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । समितिका अध्यक्ष पौडेलका अनुसार गण्डकी प्रदेशगत तथा गाउँपालिकागत योजनाबाट १५ लाख रूपैयाँको लागतमा टाउनचोकबाट गलेश्वर आश्रम मार्ग ढलान, सामाजिक विकास मन्त्रालयको सात लाख रूपैयाँको लागतमा देवघाट समाज कल्याण केन्द्रको कम्पाउण्ड वाल निर्माण, देवघाट गाउँपालिकाको १५ लाख रूपैयाँको लागतमा कार्यालय भवनमाथि ट्रस निर्माणकार्य शुरु गरिएको छ । त्यस्तै क्षेत्र विकास समितिको पूँजीगत योजनाबाट रु १५ लाखको लागतमा धार्मिकमार्ग निर्माण तथा स्तरोन्नति, रु छ लाखको लागतमा मणिमुकुन्देश्वर उद्यान व्यवस्थापन, रु सात लाखको लागतमा हरिहरचोकबाट महेशमार्ग ढलान, रु एक लाखको लागतमा निर्मित संरचना मर्मत, रु दुई लाखको लागतमा सूर्य पञ्चायन मन्दिर र रु दुई लाखको लागतमा देवघाट कालिका मन्दिर निर्माण सुधारकार्य शुरु गरिएको छ । चितवनतर्फको क्षेत्रमा वाग्मती प्रदेशबाट सशर्त अनुदानतर्फ प्राप्त ८० लाख रूपैयाँले छ, प्रदेश मन्त्रालयबाट प्राप्त एक करोड ६२ लाख रूपैयाँले तीन र समितिको पूँजीगततर्फका १२ लाख रूपैयाँले छ योजना निर्माण शुरु गरिएको छ । सबै योजना चालू आवकै असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । चितवनतर्फ प्रहरी चौकी अगाडीको दाहसंस्कारतर्फ रहेको गल्छी नियन्त्रणका लागि २५ लाख रूपैयाँ, रामजानकी बालिका आश्रम भवन निर्माणका लागि १५ लाख रूपैयाँ, रामजानकी गार्गी कन्या गुरुकुलम स्नानगृह तथा शौचालय निर्माणका लागि १० लाख रूपैयाँ, दाहसंस्कारस्थलमा सार्वजनिक शौचालय निर्माणका लागि १० लाख रूपैयाँ, बागेश्वरी समावेशी गुरुकुलम भवन मर्मतका लागि १० लाख रूपैयाँ र वैदिक धर्मशाला नजिकको चौतारी पुनःनिर्माणका लागि १० लाख रूपैयाँ विनियोजन भएको छ । त्यस्तै देवघाट कल्पवास पदमार्ग निर्माणका लागि एक करोड रूपैयाँ, सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख रूपैयाँ, दाहसंस्कारतर्फ पहिरो नियन्त्रणका लागि २२ लाख रूपैयाँ, सत्य साइकेन्द्र ट्रस निर्माणका लागि तीन लाख रूपैयाँ, एनआरएनए वृद्धाश्रम कम्पाउण्ड निर्माणका लागि तीन लाख रूपैयाँ, बागीश्वरी गौसंरक्षण केन्द्रका लागि दुई लाख रूपैयाँ, रामनगर माध्यमिक विद्यालय सुधार एवं स्तरोन्नतिका लागि एक लाख रूपैयाँ, रामजानकी गार्गी कन्या गुरुकुलम सुधार एवं स्तरोन्नतिका लागि दुई लाख रूपैयाँ र आमा कल्याण समाज कृष्ण मन्दिर सुधार एवं स्तरोन्नतिका लागि एक लाख रूपैयाँ बजेट विनियोजन भएको छ । नवलपुरतर्फ गण्डकी प्रदेश सरकारबाट प्राप्त १० लाख रूपैयाँले मौलाकालिका केलादी सिँढीमार्ग निर्माण, समितिको पूँजीगत योजनाबाट एक लाख रूपैयाँको लागतमा मनकामना आमा समूहको मन्दिर स्तरोन्नति, चार लाख रूपैयाँको लागतमा गङ्गाधाममार्ग निर्माण, तीन लाख रूपैयाँको लागतमा जग्गा संरक्षण, दुई लाख रूपैयाँको लागतमा फिरी, हर्दीमार्ग निर्माणका काम शुरु भएको छ । यी सबै योजना चालू आव असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष पौडेलले बताए । ‘असार मसान्तभित्र सम्पन्न गर्ने सङ्कल्पसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ’, पौडेलले भने, ‘साना केही योजनाबाहेक अरु सबै योजना बोलपत्र प्रक्रियाबाटै ठेक्का लागेको हो ।’ दमौली अस्पतालमा सघन उपचारकक्ष निर्माण शुरु जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि: कोभिड-१९ अवसर बनेको छ । विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड-१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचारकक्ष निर्माणका लागि काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । अस्पतालको पुरानो भवनलाई सघन उपचारकक्ष बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । सघन उपचारकक्षका लागि भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सोही रकमबाट पाँच श्यया क्षमताको सघन उपचार कक्षका लागि पूर्वाधार निर्माण गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार सघन उपचार कक्षका लागि आवश्यक सामग्री खरिदका लागि एक करोड ६९ लाख रूपैयाँ बजेट विनियोजन भइसकेको छ । बोलपत्र प्रक्रियामार्फत सामग्री खरिद गर्नुपर्ने र बन्दाबन्दीका कारण सामग्री आपूर्तिमा केही कठिनाइ भएको उनको भनाइ छ । ‘सघन उपचारकक्षका लागि असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ’, अध्यक्ष अधिकारीले भने । उनका अनुसार कोभिड-१९ अस्पतालमा पूर्वाधार विकासको अवसर बनेको आएको छ । ‘अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचारकक्ष निर्माण हुन लागेको छ, कोभिड-१९ यसका लागि अवसर बनेर आयो’, उनले भने, ‘कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचारकक्ष निर्माण हुन सक्दैनथ्यो होला ।’ जिल्लास्तरीय अस्पतालमा नै सघन उपचारकक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडाैं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । ‘कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसीयूसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘तत्कालका लागि आइसीयूकक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसीयू कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।’ पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलायसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स/अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन/असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस

दमौली अस्पतालमा पहिलाेपल्ट सघन उपचारकक्ष निर्माण शुरु

काठमाडौं । जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि  कोभिड–१९ अवसर बनेको छ । विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचारकक्ष निर्माणका लागि काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । अस्पतालको पुरानो भवनलाई सघन उपचारकक्ष बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । सघन उपचारकक्षका लागि भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । सोही रकमबाट पाँच श्यया क्षमताको सघन उपचार कक्षका लागि पूर्वाधार निर्माण गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार सघन उपचार कक्षका लागि आवश्यक सामग्री खरिदका लागि रु एक करोड ६९ लाख बजेट विनियोजन भइसकेको छ । बोलपत्र प्रक्रियामार्फत सामग्री खरिद गर्नुपर्ने र बन्दाबन्दीका कारण सामग्री आपूर्तिमा केही कठिनाइ भएको उनको भनाइ छ । “सघन उपचारकक्षका लागि असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, अध्यक्ष अधिकारीले भने । उनका अनुसार कोभिड–१९ अस्पतालमा पूर्वाधार विकासको अवसर बनेको आएको छ । “अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचारकक्ष निर्माण हुन लागेको छ, कोभिड–१९ यसका लागि अवसर बनेर आयो”, उनले भने, “कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचारकक्ष निर्माण हुन सक्दैनथ्यो होला ।” जिल्लास्तरीय अस्पतालमा नै सघन उपचारकक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडाँै पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । “कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसीयूसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ”, अध्यक्ष अधिकारीले भने, “तत्कालका लागि आइसीयूकक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसीयू कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।” पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलायसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स/अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन/असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस

क्वारेन्टिनमा बसेकाको होइन, जनप्रतिनिधिको हुन्छ पीसीआर परीक्षण !

फाइल फाेटाे । काठमाडौं । सुदूरपश्चिम प्रदेशको विभिन्न क्वारेन्टिनमा बसेका मानिसहरुको पीसीआर तथा आरडीटी परीक्षण नगरेरै घर पठाइँदै गरेको विषय बाहिररिएको छ । भारत लगायतका ठाउँहरुबाट गृह जिल्लामा आएर क्वारेन्टिनमा बसेका उनीहरुको सम्बिन्धत स्थानीय तहले पीसीआर तथा आरडीटी परीक्षण नगरेरै घर पठाइरको गुनासो क्वारेन्टिनमा बस्दै आएका मानिसहरुको छ । १४ दिनसम्म क्वारेन्टिनमा राखेका र व्यक्तिमा कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै परीक्षण नगरेरै घर पठाइरहेको गुनासो उनीहरुको छ । क्वारेन्टिनमा बसेका मानिसहरुको पीसीआर परीक्षण नगरिएपनि उनीहरुको सुरक्षा तथा हेरचाहमा खटिएमा स्वास्थ्यकर्मी र जनप्रतिनिधको भने पीसीआर परीक्षण भइरहेको छ । यसको एउटा उदाहरण कञ्चनपुरको पुनर्वास नगरपालिका हो । भारतका विभिन्न ठाउँबाट जिल्लामा आएका पुनर्वास नगरपाकिाको क्वारेन्टिनमा रहेका मानिसले आफुहरुको १४ दिन पुगे पनि कुनै परीक्षण नभएको गुनासो गरेका छन् । १४ दिन अगाडि भारतबाट आएर क्वारेन्टाइमा बसेका उनीहरुलाई स्थानीय जनप्रतिनिधिहरुले कोरोना छैन भन्दै जवरजस्ती घर जानु भन्दै धम्क्याएको पनि उनीहरुले आरोप लगाएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ को क्वारेन्टिनमा बसेका युवाका अनुसार १४ दिन पुग्दा समेत पीसीआर परीक्षण नगरेपछि आफ्नो परीक्षण गर्न र पीसीआर परीक्षण गरेर मात्र घर जाने अडान राखेपछि त्यहाँका जनप्रतिनिधिहरुले धम्कि दिएर घर पठाउन खोजिएको गुनासो गरे । उनीहका अनुसार हालै भारतबाट आएकाहरुलाई पनि पुरानै क्वारेन्टाइनमा बसेको समूहमा राखेपछि आफुहरुले विरोध गर्दा जनप्रतिनिधिले परीक्षण नै नगरी घर पठाउन खोजिएको उनको भनाई छ । पुनर्वास नगरपालिका वडा न.९ को क्वारेन्टिनमा रहेका युवा ती युवाका अनुसार पुर्नवास नगरपालिकाका जनप्रतिनिधिले क्वारेन्टाइनमा बसेकाहरुले पैसा तिरे मात्र पीसीआर परीक्षण गर्ने भन्दै आफुहरुको परीक्षण नगरिको र उल्टै प्रहरी लगाएर जवरजस्ती क्वारेन्टाइनबाट निकाल्न खोजिएको गुनासो गरे । पुनर्वास नगरपालिकाका नगर प्रमुख जजिवन थापाले आरडीटी परीक्षण नगरेर पनि घर पठाउने विषय सत्य नभएको बताए । तर, पीसीआर परीक्षणको लागि किट नभएकोले आरडीटी परीक्षण गरेर घर पठाउने गरेको स्वीकार गरे । ‘सबैको पीसीआर परीक्षण गर्नको लागि त्यति धेरै कि पनि छैन, त्यति धेरै जाँच कसले गर्छ?’ उनले भने जनप्रतिनिधिको पीसीआर परीक्षण नभएको उनको भनाई छ । तर एउटा वडाध्यक्षले पीसीआर परीक्षण गर्दा विरोध भएको पनि उनले स्वीकार गरे । ‘हामी मेयर उपमेयरले गरेका छैनौं,गरौं भनेका पनि छैनौं, तर कसैले आफ्नै लगानीमा गरेको भए मलाई थाहा छैन, स्वास्थ्यकर्मीको सवालमा उनीहरु भएर नै चेकजाँच हुने हो,’ उनले भने । नयाँ र पुराना क्वारेन्टिनमा बसेकालाई एउटैमा राखेको कुरा पनि गलत भएको उनले बताए । पुनर्वास नगरपालिकामा मात्रै २० वटा क्वारेन्टिन रहेको उनले बताए । पुनर्वास नगरपालिकाले क्वारेन्टिमा बसेकालाई आरडीटी परीक्षण गरेर घर पठाउने तर जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुका लागि भने पीसीआर परीक्षणका लागि प्रदेश सरकार समक्ष सहयोगको प्रस्ताव राख्ने निर्णय गरिसकेको छ । उनले सरकारले गरेको क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परीक्षण नगर्ने तर आरडीटी परीक्षण गरेर घर पठाउन सक्ने प्रावधान अुसार नै आफुहरुले काम गरेको थापाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि नयाँ राष्ट्रिय परीक्षण गाइड लाइनका अनुसार पनि यस्तो नीति लिएको छ । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने उल्लेख छ । लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ । सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने बताइरहेका छन् । तर, नेपालमा भने त्यसको कुनै कार्यान्वयन भइरहेको छैन ।