विकासन्युज

कोरोना भाइरस संक्रमणमा मौसमी प्रभावकाे कुनै संकेत छैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बदलिने मौसमले कोरोना भाइरस संक्रमणको असरलाई कम गर्ने कुनै संकेत नरहेको जनाएको छ। गर्मी बढेसँगै कोरोनाको संक्रमण कम हुन्छ भन्ने एक खालको आशा हराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालीन बैंठकमा प्रमुख माइक रायनले भने, ‘हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान भाइरसको प्रतिक्रिया हुन सक्छ ।’ उनले भने, ‘अहिलेको मौसममा परिवर्तन गरेर वा चाँडै फैलिने भाइरस खतरनाक हुनेछ कि छैन भनेर बताउन हामीसँग कुनै डाटा छैन ।’ महामारीको प्रारम्भिक अवधिमा केही मानिसहरू विश्वास गर्थे कि मौसम गर्मी हुँदा कोविड १९ को प्रकोप कम हुनेछ। तर अब जसरी भाइरसले व्यवहार गरिरहेको छ, यो विचार ब्लर हुँदै गएको देखिन्छ । रायनले विश्वव्यापी रूपमा पीपीई किटहरूको अभावको पनि चर्चा गरे । उनले भने, ‘केही देशहरूमा स्वास्थ्य सुविधाको अवस्था एकदम नराम्रो छ र त्यहाँको अवस्था चिन्ताजनक छ।’ (बीबीसी)

सरकारले बजार खोल्न र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै  बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने गरेको एक मन्त्रीले जानकारी दिए। परिवर्तन गरिएकाे लकडाउन माेडालिटीबारे सरकारले विस्तृत रुपमा भाेली जानकारी दिने उनले बताए।    

यस वर्ष एसइई परीक्षा नहुने, विद्यालयकै मुल्यांकनलाई मान्यता दिइने

काठमाडाै‌ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हाे । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको छ । यस सम्बन्धि थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने शिक्षामन्त्री गिरिराजमणि पाेखरेलले बताएका छन् । शिक्षा मन्त्रीले भने, ‘संघियताको मर्म अनुरूप नयाँ शिक्षा विधेयक तर्जुमाका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक स्वीकृति प्राप्त भई विधेयकको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय सहमतिका लागि पठाइएको अवस्थामा सो विधेयक संघीय संसदबाट पारित भई लागू हुँदा माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुनेछ ।’ शैक्षिक सत्र २०७६ को परीक्षा साविक बमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि रोग संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सम्वत् २०७६ साल चैत्र ५ गतेको निर्णयानुसार स्थागित गरेकाे उनले जानकारी दिए । काेराेना बढेसँगै परिवार नै अन्याेलमा रहेकाे भन्दै  ‘कोभिड-१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द गरि विद्यालयहरूमा क्वारेन्टिन सेन्टर सञ्चालन गरिएको र संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेकाे शिक्षामन्त्री पाेखरेलले बताए ।

तिलोत्तमा हत्याकाण्ड: चरित्रमा प्रश्न उठाएपछि घटना भएको आरोपीको बयान

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घटना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ । हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । प्रहरीले घटनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृतकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चोट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताए । “झसेन्द्रको चरित्रमाथी बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा हत्या भएको पाइयो । अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन”, उनले भने । अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घटना भएको देखिएपनि थप अनुसन्धान गरिने बताए । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो । फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक हत्या भएको थियो । मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । सामूहिक हत्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान गर्नको लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ ।

नेको इन्स्योरेन्सको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(जेठ २८ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्का र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् ।

एसइई परीक्षा: आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडाै‌ं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयार गरिएको हो । उक्त प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले चाँडै निर्णय गर्ने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताएका थिए । कोरोना रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका विषयमा सरकारले लिने नयाँ रणनीतिसँगै परीक्षाका विषयहरुमा निर्णय हुन लागेको हो । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता एवं सुझाव कार्यदलका संयोजक दीपक शर्माले आफूहरुले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्पसहित प्रतिवेदन दिइएको जानकारी दिए । सो विकल्प र प्रस्तावबारे मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार कार्यान्वयन गरिने उनले बताए । सुझावमा हरेक विकल्पको सम्भावना, चुनौती र अवसरबारे समेत विवेचना गरिएको जनाइएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको संयोजकत्वमा रहेको समितिको सुझावलाई विश्लेषण गरी शर्मा नेतृत्वको कार्यदलले पछिल्लो सुझाव दिएको हो । बोर्ड मातहतको कक्षा १० का परीक्षा नियन्त्रक तथा सुझाव कार्यदलका सदस्य रामराजा खकुरेलले कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्वनिर्धारित केन्द्रहरुमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिने पहिलो विकल्प अघि सारिएको बताए । दोस्रो विकल्पमा प्रदेशगतरुपमा अलगअलग सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा लिने र तेस्रो विकल्पका रुपमा शिक्षा ऐन (२०२८) को नवौँ संशोधनको दफा ४ को व्यवस्था हटाउने रहेको जानकारी दिए । के एसइई परीक्षा अब सधैँका लागि खारेज हुन्छ त ? भन्ने  नियन्त्रक खकुरेलले भने, “स्थितिको मूल्याङ्कन गरी विकल्पसहित सुझाव दिएका छौँ । नेपाल सरकारले गर्ने निर्णय हामीले कार्यान्वयन गर्नेछौँ ।” ऐनको उक्त दफाको (ट) (१) ‘माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुनेछ तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने’ उल्लेख छ । (ट) (२) मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिनेछ उल्लेख छ भने (ट) (३) परीक्षा सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ । यही ट (३) को विकल्प प्रयोग गरेर तत्काल ऐन संशोधन नगेरर पनि अन्य विकल्पमा जान सकिने सुझाव पनि कार्यदलले दिएको छ । ऐन संशोधन गर्न सङ्घीय संसद्मा विधेयक पेश गर्नुपर्छ । यसको सट्टा सरकारले तयारी गरिरहेको नयाँ विद्यालय शिक्षा ऐन पेश र पारित भएमा पुरानो ऐन विस्थापन हुनेछ । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित छन् । यसबीचमा केही शिक्षालयले आफ्नो तरिकाले दूर तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट पढाइ शुरु गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरी आउँदो असार १ देखि सबै विद्यालयमा वैकल्पिक विधिबाट सिकाइ प्रक्रिया शुरु गर्न आग्रह गरेको छ । सरकारले कोरोना जोखिमका कारण स्थगित गरिएका माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) र कक्षा ११, १२ का परीक्षालाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्दै रहेको थियो । कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् ।

वसुधैव कुटुम्बकम

कोरोना माहामारी विश्वव्यापी अवस्था विभिन्न कालखण्डमा पृथ्वीमा विभिन्न समस्याहरु मानव लगायत अन्य जीवहरुलाई आईलागेका ईतिहास छन । जस्तैः प्राकृतिक प्रकोप भूकम्प,माहामारी, बाढी पहिराे, सुनामी, विश्व युद्ध, डायनोसर लोप हुनु आदि । पृथ्वीमा सर्वश्रेष्ठ कहलिएको मानवजातीले आप्नो स्वार्थपूर्ती गर्न निरन्तर प्रकृतिसँग खेलवाड गरेको परिणाम स्वरुप समय समयमा प्रकृतिले यस्ता विपत्तीहरु र्सिजना गर्दछ । आजको २१ औं शताब्दीमा विश्वव्यापीकरण फस्टाई रहेको बेला मानिसले कल्पनै नगरेको र सोच्नै बाध्य हुने गरी सन २०१९ को अन्ततिर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको वुहान प्रान्तमा जनावर (सि फुड मार्केट) बाट कोरोना भाईरसको जन्म भयो । हाल उक्त भाईरसको नाम विश्व स्वास्थ संगठनले कोभिड-१९ राखेको छ । विश्वका देशहरु एक आपसमा अन्तरनिर्भर रहेकोले तथा यो एउटा सरुवा रोग भएकोले एड्स, क्यान्सर भन्दा पनि मानव जातीका लागि ज्यादै खतरा सावित हुदै गएको छ । विश्वका आर्थिक रुपमा सम्पन्न, स्वास्थ सुविधा सम्पन्न भएका विकसित देशहरुको लागि कोरोना ज्यादै शक्तिशाली सावित भएको छ । धनी, गरिव, धर्म सम्प्रदाय, वर्णबीच भेदभाव नगरी विश्वलाई एकै साथ आक्रमण गरी मानिसले कल्पनै नगरेको तेस्रो विश्व युद्धको झल्को दिने गरि मानव जीवनलाई त्राहिमाम पारेको छ । विश्वका धेरै देशका सरकारले कोरोना भाइरसको संकट मोचनको लागि देशलाई बन्दाबन्दी गर्ने अवधारणा अघि सारी मानिसलाई घरभित्रको पिजडामा बस्न बाध्य बनाए । शक्ति दम्भ, अभिमान बाकेर बसेका विश्वका शासकहरु कोरोना माहामारी संग झुक्न बाध्य भएका छन्। एकातिर मानिस आफनै कर्मले निम्त्याएको फल भोग्दैछ भने अर्कोतिर प्रकृतिमा जीवजन्तु रमाईरहेका छन । विश्वका धेरै देशहरुका शहरहरु बन्द अवस्थामा छन, खाली सडकमा जीवजन्तु हिडन थालेका छन, मानिस भित्रै बसेर भए पनि स्वच्छ स्वास फेर्दै छ, गंगा, अमेजन, नील, कोशी जस्ता नदी स्वच्छ भई वगिरहेका छन भने उद्योग, गाडी मोटर बाट निस्कने प्रदूषण कम भएर ओजन तह पनि सफा हुदै गएको छ साथै सडक, रेल,हवाई दुर्घटनामा समेत कमी आएको छ । यसबाट मानिसले धेरै कुरा सिक्न सक्छ र सिक्नु पर्दछ । विश्वका केही देश बाहेक सबै देशहरुमा कोरोना माहामारीको त्रास छ, बैज्ञानिक, स्वास्थकर्मी यस माथि विजय प्राप्त गर्न अहोरात्र लागि रहेका छन । हाल विश्वभर दैनिक औसत ५ देखि १० हजार मानिस कोभिड १९ बाट मृत्युवरण गरिरहेका छन । मानव जीवन संकटमा परि कतै लोप त हुदैन भन्ने आशंका गर्न थालिएको छ । अमेरिका, युरोप, एसिया सबैतिर कोरोनाको सन्त्रास भए पनि धेरै विरामी उपचार पछि निको भईरहेकोले आशालाग्दो अवस्था पनि छ र छिटै विश्वले यो माहामारी माथि विजय हासिल गर्ने आशा गरिएको छ । लेखक विश्व समुदायमा ल्याएका चुनौतीहरु कोभिड-१९ ले माहामारीको विश्वव्यापी रुप लिए पछि सरकारहरुले गरेको बन्दाबन्दीले विश्व अर्थव्यवस्थामा ठुलो हलचल ल्याई दिएको छ । धेरै मजदुर, किसान, साना उद्योगी, मध्यम वर्गलाई यसले प्रत्यक्ष असर पारेको छ । यसले विश्व समुदाय सामु निम्न चुनौतीहरु देखा परेका छन् ः श्वव्यापी रुपमा फैलिएको माहामारीबाट हुन सक्ने मानवीय क्षती लाई रोक्न उचित कदम चाल्नुपर्ने,  मजदुर वर्ग , किसान, उद्यमी लगायत श्रमजीवि वर्गको हकहितको रक्षा गर्दै रोजिरोटीको व्यवस्था गर्नु ,  विश्व अर्थव्यवस्था सुर्धान कृषि, व्यापार, पर्यटन, श्रम बजार जस्ता क्षेत्रहो लागि राहत प्याकेज घोषणा गर्नु,  आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकास कायम राख्नु,  वित्तिय क्षेत्र सुधारका कार्यक्रम घोषणा गर्नु,  बैदेशिक रोजगारी व्यवस्थित गरि देशहरुबीचको दैत्य सम्बन्ध कायम राख्नु,  मानव जीवन सहज तुल्याउन, माहामारी नियन्त्रण गर्न र भरपर्दो स्वास्थ सेवा प्रदान गर्न अन्य शीर्षकको बजेट कटौती गरेर पनि विपद व्यवस्थापन कोषको व्यव्स्था गर्ने  माहामार िनियन्त्रण गर्न खोप, औषधी लयागतमा खोज अनुसन्धान गर्नु,  माहामारी लगायत अन्य विपद संग जुध्न अल्पकालिन, मध्यकालिन र दीर्धकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्नु पर्ने,  माहामारीको कारण विश्वमा उत्पन्न हुनसक्ने भोकमरी रोक्न कदम चाल्नु पर्ने,  यस्तो संकटकालिन अवस्थामा बढन सक्ने आतंकवाद, बन्यजन्तु तस्करी, लागुऔषध कारोवार, अपहरण, महिला हिंसा, घरेलु सिहंसा जस्ता अपराध नियन्त्रण गर्नु,  सकारात्मक मनोविज्ञान तयार गरी बालबालिका, जेष्ठ नागरीक को संरक्षण गर्नु,  कोरोना माहामारीबाट उत्पन्न हुन सक्ने र अन्य रोगहरु नियन्त्रणमा ध्यान दिनु, तत्काल सबै पक्षको लागि उपयुक्त राहात प्याकेज ल्याउनु आदि चुनौती विश्वका सरकार सामु देखिन्छन । माहामारीले विश्व समुदायलाई दिएका सन्देशहरु कोभिड १९ ले विश्व समुदायलाई धरै असर गरे पनि यसले मानव तथा विश्व जगत लाई निम्न सन्देशहरु दिएको छः बसुधैव कुटुम्बकम भावना भावना जागृत गराएको छ । प्रत्येक देशलाई अप्प दिपो भवः अर्थात अत्यावशकीय कुराहरुमा आत्मनिर्भर बन्नु पर्ने पाठ सिकाएको छ । प्रकृति अनुकुल हुने गरी विकास कार्य गर्नु पर्ने र सबै जीवजन्तु, वनस्पतिको संरक्षण गदै दिगो विकास गर्नु पर्ने । विभिन्न नविनतम सोच, खोज अनुसन्धान, प्रकृति संरक्षण आदि भावनाको विकास गर्नुपर्ने । देशहरुबीच अन्तरनिर्भता रहेकोले विश्व एक भएर विश्व सरकार संचालन गरी हरेक समस्यामा हातेमालो गरी अगाडी बढनु पर्ने । विश्वमा सामाजवाद, पुँजीवाद वा अन्य वाद कुन उपयुक्त छ विश्व मन्चले बहसको विषय बनाउनु पर्ने । सामाजिक संजाल, सूचना प्रविधि, व्यवसायको सामाजिक उत्तरदायित्व, डिजिटल विश्वको महत्वको बोध गराएको छ । प्राकृतिक शक्ति सामु मानविय दम्भ,घमण्ड, हिंसा, धन, रसायनिक हतियार तथा मानवीय स्वास्थ नै धन हो भन्ने उखान चरितार्थ पुनः चरितार्थ गरि दिएको छ । बच्ने उपायहरुः माहामारी कोरोना संक्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ संगठन, विश्व व्यापार संगठन, अन्य अन्तराष्ट्रिय संघ संगठन, सरकारहरु,नागरीक, सबैले सचेत हुनु जरुरी छ । सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, सरकारले नागरिकलाई यस बारे समयमै सावधानीका उपाय, बच्ने उपाय बारे जानकारी गराउने, नागरिकले आफनो कर्तव्य सम्झी राज्यले अवलम्बन गरेको नियम पालना गर्ने, स्वास्थ्य सुविधामा सुधार र स्वास्थ्य बिमा लागु गर्नु पर्ने, संचार माध्यम तथा सामाजिक संजालले सुचनामुलक, मनोरञजनात्मक र सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने । प्रत्येक नागरीकले सम्यक आहार, सम्यक बिहार, सरल जीवलशैली, योग, ध्यान, आध्यात्मिक चेतनाको विकास गरि सकारात्मक सोच लिई रोग लाग्न नदिने तर्फ सचेत रहने । गरिब, मजदुर, असहाय,जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तीलाई घरमै स्वास्थ सेवा लगायत आवश्यक सेवा प्रवाह गर्ने । कोरोना नियन्त्रणको लागि विश्वमा सफल मानिएका बन्दाबन्दी विधी तथा सामाजिक दुरी कायम राख्ने र सकेसम्म सबैमा परिक्षण गर्ने विधि सरकारले अवलम्बन गरि नागरिकले पालन गर्ने । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पर्ने प्रभावहरु कोरोना विश्वभरि फैलिरहेकोले नेपाल पनि यसबाट अछुतो रहन सकेन । विश्व तथा नेपाली अर्थतन्त्रमा निम्न प्रभावहरु पर्न सक्छनः विश्वका आर्थिक शक्ति राष्ट्रहरुको आर्थिक बृद्धिमा संकुचन आउन सक्ने तथा नेपालमा आर्थिक बृद्धि २ प्रतिशत भन्दा कम हुने विश्व बैंकद्धारा प्रक्षेपण गरिएको, उद्योग, कलकारखाना, खानी, निर्माण बन्द भएको तथा विकास कार्यमा संकुचन ल्याउने, व्यापार, व्यवसाय, पर्यटन, होटल व्यवसायमा सुस्तता, नेपालको बैदेशिक रोजगारमा कटौती आई बेरोजगारी बढन सक्ने साथै रेमिटान्समा कमी आई मध्यम वर्गलाई समस्या पर्ने, बिदेशी मुद्रा संचितिमा कमी तथा शोधनान्तर अवस्थामा कमी, शेयर कारोवारमा कमी, बितीय क्षेत्रमा संकूचन आई वितिय स्थायित्वमा कमि आउन सक्ने, कृषि, उद्यम, उत्पादन क्षेत्रमा संकुचन आई भोकमरी सिर्जना हुन सक्ने, बेरोजगारी, माग र आपूर्ती बीच असन्तुलन तथा मुद्रास्फीति बढने, खेलकुद, मनोरन्जन, शैक्षिक क्षेत्र, फिल्म क्षेत्र आदिमा सुस्तता आउने, नेपालीको प्रति व्यक्ति आय तथा क्रयशक्तिमा कमि आउने, नेपालको अवस्था र देखिएका चुनौतीहरु विश्व व्यापी रुपमा फैलिएको कोरोना माहामारीबाट नेपाल पनि अछुतो रहन सकेन । आफनै छिमेकमा कोरोना संक्रमण फैलिदा समेत यसको रोकथामको पुर्व तयारी हुन सकेन यद्यपी ढिलै भए पनि नेपाल सरकारले बन्दाबन्दीको निर्णय लिई सबै अन्तराष्ट्रिय सीमा बन्द गरी स्वस्थ्य सेवा तथा परिक्षण कार्यलाई तिब्रता दिएको छ । तीनै तहको सरकार सकृय भएर लागि परेको छ । नेपालमा सर्वप्रथम माघ ९ गते चीनबाट नेपाल आएका बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा सुधार, जनशक्तीमा बृद्धि, जनचेतनामा बृद्धि, विश्व स्वास्थ्य संगठनले दिएका सुझाव तथा निर्धारण गरेका मापदण्डको पालना गरेका कारण एसियाली देशहरुमा संक्रमण बढी फैलिए पनि नेपालमा भने कोरोना संक्रमणका चार अवस्था मध्ये दोस्रो चरणमा रहेको र यसलाई यत्तीमै सिमित गर्न सके मानवीय क्षती न्युन हुने देखिन्छ । नेपाल सामु यसका निम्न चुनौतीहरु हुन सक्दछनः मानवीय क्षती हुन नदिने तथा यसलाई रोकथाम गर्न स्वास्थ्य परिक्षणको दायरा बढाउने, स्वास्थ्य सामाग्री,उपकरण, सेवा बृद्धि गर्ने र बन्दाबन्दी लगायत अन्तराष्ट्रिय सीमामा विश्वभर प्रकोप नियन्त्रण नहुन्जेल सम्म सील गरि कोरोना रोकथामको लागि हरसंम्भव प्रयास गर्नु, स्वास्थ्य सेवामा व्यापक सुधार गरि स्वास्थकर्मी, सुरक्षाकर्मीलाई उत्साहित गर्नु, अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्र समेटिने गरि राहत प्याकेज घोषणा गर्नु, बैदेशिक रोजगार तथा रेमिटान्स आय कायम राख्नु, सीमा घुसपैठ, बन्यजन्तु ओसारपसार, घरेलु हिंसा नियन्त्रण लगायत अन्य अपराध नियन्त्रण गर्नु, कृषि क्षेत्र नै नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकोले यसको लागि बजार व्यवस्थापन तथा अुनुदान घोषणा गर्नु, विभिन्न क्षेत्रमा रोजगारी सृर्जना गरि स्वदेशी उत्पादनमा बृद्धि गर्नु, बिदेशमा रहेका नेपालीको सुरक्षा गर्नु, पर्यटन प्रर्बद्धन गर्नु, निर्माण कार्य अगाडी बढाउनु,सहस्राब्दी लक्ष्य हासिल गर्नु, कारागार व्यवस्थापन, मानव अधिकार संरक्षण गर्नु आदि चुनौती रहेका छन । मानव सभ्यता र संकृतिमा पार्ने असरहरु र मानवजातीको भविश्यमा थपिएका चुनौतीहरु मानिस पनि प्रकृतिको एक उपहार र सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसको प्रकृति प्रतीको व्यवहारले आफनै भविश्य संकटतर्फ उन्मुख गराएको छ । यस्तै माहामारी फैलिएमा र प्रकृति माथिको दोहन नरोकिएमा निकट भविश्यमै मानव अस्थित्व संकटमा पर्ने अनुमान गर्न थालिएको छ । भूकम्प, बाढी पहिरो,सुनामी, अन्य रोगहरुले निश्चित भागको मानव सभ्यतालाई असर गरे पनि कारोना जस्ता माहामारीले सिंगो मानव सभ्यता संस्कृति, मानिसले आर्जन गरेको ज्ञान तथा सिकाई नै संकटमा पर्ने खतरा बढेको छ भने मानिस सचेत भई विवेक प्रयोग गदै अगाडी बढनु पर्ने, जनसंख्या नियन्त्रण, रसायनिक तथा बिषादी हातहतियारको सहि प्रयोग गर्नु पर्ने सकारात्मक शिक्षा पनि प्राप्त गरेका छन अर्थात विज्ञानका उपलब्धीको सहि प्रयोग गर्नुपर्ने संस्कृतिको पनि विकास हुन सक्छ । मानिसले चन्द्रमा, मंगल ग्रह, सगरमाथा माथि विजय देखि समुद्रमा बस्ती बसाउने कार्य गरेपनि प्रकृति अनुरुप कार्य गर्न नसकेमा बैज्ञानिक चमत्कारले पनि बिपद संग मुकावला गर्न कठिन हुने गतिलो उदाहरण बनेको छ कोरोना माहामारी । अवको विश्व एक भएर समस्या संग जुध्न नसकेमा विकास कसका लागि र किन भन्ने प्रश्न उठन सक्छ र एक ठाउँमा संकट आउदा मानिस तथा सम्पुर्ण विश्वसमुदायलाई नै चुनौती बन्न सक्छ । वातावरण र जीवजगतमा पर्ने असर मानवीय क्रियाकलाप तथा प्राकृतिक विपदले वातावरण तथा जीवजगतमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्न सक्छ । कोरोना माहामारीको कारण धेरै देशहरुले गरेको बन्दा बन्दीले प्रकृतिमा जीव जन्तु स्वतन्त्रपुर्वक रमाएका, नदीमा स्वच्छ पानी बगेको, स्वच्छ हावा श्वास लिन पाएको, ओजोन तह सफा हुदै गएको, आकाशले धेरै पछि आफनो असली रुप देख्न पाएको, मानिसले पनि आफनो कारण प्रकृतिमा असर परेको सोच विचार गर्ने मौका पाएको र यो पृथ्वी अन्य जीव जगतको पनि हो र यसलाई भविश्यको लागि संचक्षण गर्नु पर्ने महसुस गरेकोले वातावरण तथा जीव जन्तुमा सकारात्मक असर पर्ने देखिन्छ भने आफनो स्वार्थपूर्ती मात्र गरे सबैको अस्थित्व संकटमा रहेको नकारात्मक असर देखिन्छ । यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।   शुक्लाफाँटा नगरपालिका, ११ कंचनपुर ।

व्याजदर विवाद समाधानको फरक कोण

व्याज अर्थात् सामान्यतः बुझिने पैसाको मूल्य वा पैसा उपयोग वापतको भाडा । नेपाली शब्दकोष अनुसार व्याज भनेको कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूल धनभन्दा बेसी लाग्ने कबुलअनुसारको वा निर्दिष्ट वृद्धिको नगदी अथवा जिन्सी रकम, रिनीले बुझाउने साउँबाहेको अतिरिक्त धन वा बस्तु । यस परिभाषाले जिन्सीलाई पनि लिइएको छ । तर, सामान्यतः नगदी वा पैसाको मूलधनभन्दा बढिको अतिरिक्त रकमलाई व्याजका रुपमा बुझिन्छ । शब्दकोषका अनुसार अतिरिक्त रकम ऋण वा पैसा लिएवापत तिरिने भए तापनि आर्थिक व्यवहारमा पैसा लिए र दिए वापतको अतिरिक्त रकमलाई पनि व्याजका रुपमै बुझिन्छ । इन्भेष्टोपेडियाका अनुसार पनि व्याज भनेको पैसाको सापटी सुविधावापतको शुल्क हो, जुन वार्षिक प्रतिशतका दरले गणना गरिन्छ । हुनतः बैंक (बैंक तथा वित्तीय संस्था र बैंकिग कार्य गर्ने सहकारी समेत) ले निक्षेपकर्तासँग सापटी लिएको र ऋणीले बैंकबाट सापटी लिएको बुझ्ने हो भने व्याजलाई सापटीको शुल्कका रुपमा बुझ्दा पनि गलत हुन्न । यसरी हेर्दा पैसा केवल सापटी लिइने एकपक्षीय भने देखिन्छ, जसले पैसा उपलब्ध गराउने वा विक्रेता वा निक्षेपकर्ताको अस्तित्वलाई अस्वीकार गर्छ । सम्भवतः व्याजको यही एकपक्षीय र साँघुरो परिभाषाले नै व्याजलाई पैसाको मूल्यभन्दा सापटी सुविधाको शुल्क वा अतिरिक्त भुक्तानीको रुपमा लिइएको हुनुपर्छ । ऋण वा सापटी अब विगतको जस्तो गर्जो टार्नेमा मात्र सीमित रहेन । आर्थिक क्रियाकलाप र अर्थतन्त्र चलायमान बनाउने उर्जा अर्थात् वस्तु तथा सेवा तथा उद्यम, व्यवसायको महत्वपूर्ण कच्चापदार्थ ऋण पूँजीको मुख्य हिस्साका रुपमा स्थापित भएको छ । ऋण वा सापटी अब विगतको जस्तो गर्जो टार्नेमा मात्र सीमित रहेन । आर्थिक क्रियाकलाप र अर्थतन्त्र चलायमान बनाउने उर्जा अर्थात् वस्तु तथा सेवा तथा उद्यम, व्यवसायको महत्वपूर्ण कच्चापदार्थ ऋण पूँजीको मुख्य हिस्साका रुपमा स्थापित भएको छ । सानोभन्दा सानोदेखि ठूलोभन्दा ठूलो सबै उद्योग, व्यवसाय अनि व्यक्तिले आर्थिक भौतिक आवश्यकता पूरा गर्न पैसा सापटी लिने आम चलन बनेको छ । सापटी लिनेले पैसाको भविष्यको मूल्य र तत्कालिन आवश्यकता मात्र होइन, अरुको पैसामा सम्पत्ति जोड्ने र उद्यम व्यवसाय स्थापित गर्ने, विकास र विस्तारको अवसरलाई समेत ध्यान दिएका हुन्छन् । सोही कारण केही अतिरिक्त रकम व्याजका रुपमा दिने शर्तमा पैसा उधारो लिएर चलाउँछन् । व्याजदरमा विवाद व्याजदरमा खास विवाद गर्नुपर्ने पैसा उपलब्ध गराउनेभन्दा पैसा उपयोग गर्नेले गर्दै आएको छ । सजिलो रुपमा बुझ्दा निक्षेपकर्ताले भन्दा ऋणीले बढी विवाद गर्ने गरेका छन् । हुन त व्याजदर निर्धारणमा पैसा उपलब्ध गराउने वा निक्षेपकर्तापक्षको कुनै सुनुवाइ नै नहुने वा सापटी दिनुलाई दानदातव्य जस्तो उपकारका रुपमा लिने चलनले समेत व्याजदरमा एकपक्षीय आवाज हावी हुँदै आएको छ । त्यसमाथि आफूलाई बढी चाहिने र अरुलाई कम दिने मानवीय आर्थिक स्वभाव जस्तै पैसा किन्ने अर्थात् ऋण÷सापटी लिनेले कम व्याज र पैसा बेच्ने बैंक वा बैंकलाई पैसा बेच्ने निक्षेपकर्ताले बढी व्याज खोज्नुलाई स्वाभाविकै मान्नुपर्छ । व्याज अर्थात् पैसाको मूल्य पनि अन्य वस्तु तथा सेवाको जस्तै माग तथा आपूर्तिको आधारमा बजारले तय गर्नुपर्ने हो । तैपनि पैसा मानिस र राज्यकै जीवनसँग जोडिने हुँदा यसको मूल्यलाई लिएर सबै चनाखो हुन्छन् । तर, व्याज अर्थात् पैसाको मूल्य पनि अन्य वस्तु तथा सेवाको जस्तै माग तथा आपूर्तिको आधारमा बजारले तय गर्नुपर्ने हो । तैपनि पैसा मानिस र राज्यकै जीवनसँग जोडिने हुँदा यसको मूल्यलाई लिएर सबै चनाखो हुन्छन् । अझ व्याजको पुरातनवादी सापटीको सिद्धान्तले मूल्य तथा माग र आपूर्तिको आधारमा मूल्य निर्धारणको सिद्धान्तलाई अस्वीकार गर्न खोजेको देखिन्छ । सायद पैसाको मूल्यले सबैको मूल्य प्रभावित गर्ने बहुपक्षीय प्रभाव, पैसाको किनबेचलाई अस्वीकार, सापटी वा ऋणलाई सहयोग (वेलफेयर) का रुपमा लिने प्रचलनले शुल्क गौण अनि सापटी लिनेको बोलवाला कायम हुँदा व्याजदर सँधै नियन्त्रण र घटाउने प्रयास हुन्छ । त्यसमाथि पैसा आवश्यक नपर्ने र सापटी लिन नखोज्ने वा नलिने निकै कम हुने अर्थव्यवस्थामा व्याजलाई पैसाको मूल्यभन्दा सापटी लिनेले दिएको भुक्तानी वा शुल्कका रुपमा परिभाषित गरिएको छ । त्यसैले त सहज वा असहज सबै परिस्थितिमा व्याजदर कम हुनुपर्छ भन्ने मान्यतालाई प्रवर्धन गर्न अनेक तर्क प्रस्तुत गरिन्छ । अहिले पनि कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस भएको, उद्योग–व्यवसायका पुनरुत्थान र जीवन्तताका लागि पनि ऋणको व्याजदर २ प्रतिशत र ५ प्रतिशत हुनुपर्ने वा अहिले प्रचलित व्याजदरमा ५ प्रतिशत विन्दुले कटौति हुनुपर्ने माग अगाडि सारिएको छ । व्याजको सैद्धान्तिक कोणबाट यसलाई अन्यथा मान्न सकिन्न । तर, आर्थिक सूचक र तथ्यांकहरुले यसलाई अनुमोदन गर्न दिँदैन । सापटी खोज्नेहरुले चाहेको दरमा पैसा उपलब्ध गराउन राज्यले अनुदान दिनुबाहेकको विकल्प रहँदैन । व्याजको सैद्धान्तिक कोणबाट यसलाई अन्यथा मान्न सकिन्न । तर, आर्थिक सूचक र तथ्यांकहरुले यसलाई अनुमोदन गर्न दिँदैन । सापटी खोज्नेहरुले चाहेको दरमा पैसा उपलब्ध गराउन राज्यले अनुदान दिनुबाहेकको विकल्प रहँदैन । केन्द्रिय बैंकले सार्वजनिक गरेको चैत मसान्तको तथ्यांक अनुसार बैंकहरुले कर्जा तथा सापटीमा भारित औसतमा ११.७७ प्रतिशत व्याज लिइरहेको छ । बैंकहरुले निक्षेपकर्ताहरुबाट भारित औसतमा ६.७७ प्रतिशतमा पैसा लिएको देखिन्छ । सोही अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.७४ प्रतिशत छ । नौ महिनाको औसत मुद्रास्फीति ६.५३ प्रतिशत छ । बैंकहरुको आधार दर (बेस रेट) औसतमा ९.३६ प्रतिशत कायम छ । यस तथ्यांकले उद्योग–व्यवसायी वा ऋणीले भने अनुसार २ वा ५ प्रतिशतमा ऋण प्रवाह सम्भव नै देखिँदैन । पैसा किनबेचको व्यवसायिक सिद्धान्त मान्ने हो भने त घाटाको व्यापारका लागि बैंकमाथि ऋणीहरुको गैरव्यवसायिक (नन प्रोफेसनल) दवाव हो । किनभने ऋणको व्यक्तिगत उपभोग गर्नेबाहेक सबैले लागत हस्तान्तरण गर्दछन् र आफ्नो व्यवसायका लागि अर्को व्यवसाय सकियोस् भन्ने सोच नै गलत हुनेछ । पैसा किनबेचको व्यवसायिक सिद्धान्त मान्ने हो भने त घाटाको व्यापारका लागि बैंकमाथि ऋणीहरुको गैरव्यवसायिक (नन प्रोफेसनल) दवाव हो । किनभने ऋणको व्यक्तिगत उपभोग गर्नेबाहेक सबैले लागत हस्तान्तरण गर्दछन् र आफ्नो व्यवसायका लागि अर्को व्यवसाय सकियोस् भन्ने सोच नै गलत हुनेछ । जहाँसम्म बैंकहरुले आफ्नो लागत घटाउने कुरा छ, त्यसको लागि उनीहरुले सापट लिने वा किन्ने पैसा अर्थात् वचतको लागत घटाउनु पर्ने हुन्छ । आफू पनि सापटी लिने भएर नै होला, बैंकहरुले निक्षेपमा १ देखि १.५ विन्दुले व्याजदर घटाइसकेका छन् । तर, अझै पनि आम ऋणीहरुले भनेको दरमा ऋण प्रवाह गर्न सक्ने अवस्थामा बैंकहरु पुग्ने देखिँदैन । दृष्टिकोणमा परिवर्तनः एक विकल्प पक्कै पनि व्याजदरले उद्योग–व्यवसाय वा सम्पत्ति अनि अर्थतन्त्र चलायमान बनाउने पैसाको लागत निर्धारण गर्दछ । लागत जति कम भयो, त्यसको प्रतिफल बढी र नोक्सानीको जोखिम कम हुन्छ नै । तर, पैसाको लागत शून्य भने हुन सक्दैन । कतिलाई आफ्नै पैसा लगाउँदा व्याज तिर्न नपर्ने हुँदा लागत शून्य लाग्ला । तर, सो रकम वचत गर्दा प्राप्त हुनेमा गुमेको व्याजसँगै शेयरधनीलाई तिरिने प्रतिफल पनि एक हिसावले लागत नै हो । तसर्थ व्याजदर कम हुनुपर्छ भन्दैगर्दा आवश्यक मात्रामा पैसा उपलब्धता र पैसाको सिर्जना वा उत्पादन लागत समेत हेरिनुपर्छ । सबैभन्दा पहिले व्याजलाई ‘सापटीमा दिइने अतिरिक्त भुक्तानी वा शुल्क’को एकपक्षीयबाट परिभाषागत परिर्वतन (थ्योरिटिकल डिपार्चर) गर्दै पैसा किनबेचको मूल्य अथवा ‘कर्जा सापट दिने र लिनेले तय गरेको अतिरिक्त भुक्तानी वा शुल्क’ भन्ने द्विपक्षीय हुनुपर्छ । अर्थतन्त्र, व्यवसायी (ऋणी), पैसाको व्यापारी (बैंक) तथा निक्षेपकर्ताबीच व्याजदर सन्तुलित नहुने हो भने त्यसले अग्रगमनभन्दा पश्चगमन र प्रगति खोज्दा यथास्थिति (स्टेगनेन्ट) लाई निम्त्याउने सम्भावनालाई ध्यान दिएर समाधान खोजिनु पर्छ । यसको लागि सबैभन्दा पहिले व्याजलाई ‘सापटीमा दिइने अतिरिक्त भुक्तानी वा शुल्क’को एकपक्षीयबाट परिभाषागत परिर्वतन (थ्योरिटिकल डिपार्चर) गर्दै पैसा किनबेचको मूल्य अथवा ‘कर्जा सापट दिने र लिनेले तय गरेको अतिरिक्त भुक्तानी वा शुल्क’ भन्ने द्विपक्षीय हुनुपर्छ । जसले व्याजलाई सापटी लिनेको उपकारबाट पैसाको मूल्यमा परिणत गर्नेछ । व्याजलाई पैसा उपयोग वापतको मूल्य मानिएसँगै यसले माग र आपूर्तिलाई मान्यता दिनेछ भने मूल्य तय गर्ने माग र आपूर्तिको सिद्धान्तलाई आत्मसात् गर्न सहज हुनेछ । माग र आपूर्तिको सिद्धान्त अपनाउँदै गर्दा पनि पैसाको बहुआयामिक प्रभावलाई भने विचार गर्नैपर्ने हुन्छ । यसो गरिएमा केही हदसम्म राज्यको नियन्त्रण भने खोज्छ । यसर्थ, व्याजलाई माग र आपूर्तिको बजारनीति अनुसार पूर्ण खुल्ला नै छोड्न वा अहिलेको जस्तो ऋणीको एकपक्षीय रुपमा भन्दा थोरै नियन्त्रित र द्विपक्षीय हितमा हुनुपर्नेछ । अहिले पनि बैंक र ऋणीबीच पैसाको मूल्य निर्धारणमा बेस रेटलाई आधार लिइँदै आएको छ । हुनतः बेस रेटमा प्रिमियमको दर निर्धारणको कुनै वैज्ञानिक आधार भने छैन । यसलाई नियामकले ऋणीको जोखिमसँग जोड्न क्रेडिट रेटिङलाई मानक वनाउनु उपयुक्त हुनेछ । अहिले पनि केही बैंकले क्रेडिट रेटिङका आधारमा कर्जाको व्याजदर निर्धारणको पद्धति शुरुवात गरे तापनि धेरैले मोलमोलाइका आधारमा प्रिमियम तोक्दै आएका छन् । अर्कोतर्फ बैंकले लिने पैसाको व्याजदर भने तजबिजी वा समूहगत निर्णयका आधारमा बैंकहरुले एकपक्षीय रुपमा निर्धारण गर्दै आएका छन् । बैंकले बेच्ने पैसाको मूल्य बेसरेटले निर्धारण गरे जस्तै किन्ने पैसाको लागि पनि एउटा आधार भए व्याजदरको द्वन्द्व र जोखिम व्यवस्थापनमा सहजता आउन सक्छ । र, त्यो आधार केन्द्रिय बैंकको त्रैमासिक मुद्रास्फिति दर हुनसक्छ । हो, यसले निक्षेपकर्ताले वचत मात्र होइन, मुद्दतीमा प्राप्त गर्ने व्याजदर समेत परिवर्तनशील हुनेछ । यो अवधारणामा बैंकहरुले ऋणको व्याजदरलाई बेसरेटसँग जोडे जस्तै वचत वा मुद्दतीमा दिइने व्याजदरलाई त्रैमासिक मुद्रास्फिति दरसँग जोड्न (लिंक गर्न) सकिन्छ । निक्षेपको आकार तथा अवधिको आधारमा प्रिमियम दर तोक्ने विकल्प दिन सकिन्छ । यो अवधारणामा बैंकहरुले ऋणको व्याजदरलाई बेसरेटसँग जोडे जस्तै वचत वा मुद्दतीमा दिइने व्याजदरलाई त्रैमासिक मुद्रास्फिति दरसँग जोड्न (लिंक गर्न) सकिन्छ । निक्षेपको आकार तथा अवधिको आधारमा प्रिमियम दर तोक्ने विकल्प दिन सकिन्छ । उदाहरणको लागि मुद्रास्फितिको आधारमा मुद्दतीतर्फ मुद्रास्फितिमा १० प्रतिशत वा १ विन्दु प्रतिशत र बढीमा ४० प्रतिशत वा ३ विन्दु प्रतिशत प्रिमियम अनि वचतमा बढीमा मुद्रास्फिति र न्यूनतम ४० प्रतिशत वा ३ विन्दु प्रतिशत डिस्काउन्ट गर्न सकिन्छ । यसअनुसार गत चैत मसान्तको मुद्रास्फिति दर ६.७४ का आधारमा मुद्दती निक्षेपमा कम्तिमा ७.४१ वा ७.७४ प्रतिशत र बढीमा ९.४ वा ९.७४ मात्र हुन्थ्यो । त्यस्तै वचतमा पनि बढीमा ६.७४ र घटीमा ४ वा ३.७४ प्रतिशत हुने थियो । यसले मुद्दती वा वचतमा निश्चित प्रतिशतको व्याजदरलाई परिवर्तनशील बनाउने र त्यस्तो परिवर्तनको वैज्ञानिक आधार समेत दिनेछ । बैंक र निक्षेपकर्ता वा पैसा किन्ने÷उपयोग गर्ने बैंक र पैसा बेच्ने निक्षेपकर्ता बीचको पैसाको मूल्य कति भन्ने द्वन्द्वको व्यवहारिक समाधान हुन सक्छ । कसैलाई अवधिको आधारमा स्थीर व्याजदर चाहिएमा मुद्दतीमा ३, ५ वा १० वर्षको औषत मुद्रास्फिति वा ऋणमा ३, ५ वा १० वर्षको बेसरेटसँग जोड्न सकिन्छ । यसरी बैंकले बेच्ने पैसामा बेसरेट र किन्ने पैसामा मुद्रास्फितिलाई आधार बनाउन सकिए व्याजदरले एउटा वैज्ञानिक आधार पाउने छ भने निक्षेपकर्ता, बैंक र ऋणीबीचको त्रिपक्षीय द्वन्द्वको व्यवहारिक र वैज्ञानिक समाधान निस्कने छ । यसमा कसैले कसैलाइ व्याजदरको आधारमा मोलमोलाइ र आक्षेप लगाउने अवस्थाको अन्त्य हुनेछ । वचतको व्याजदरमा परिवर्तनशीलताले बैंकहरुको लागतमा समेत कमी आउने हुँदा त्यसको अप्रत्यक्ष फाइदा बैंक र ऋणीलाई समेत हुनेछ ।