काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोराेना भाइरस (काेभिड-१९) मा कुनै भ्रष्टाचार नभएकाे बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने बताएका हुन् ।
उनले संसदमा विभिन्न सांसदहरुले काेराेना भाइरसमा भ्रष्टाचार तथा अनियमितता भएकाे प्रश्न उठाएकाेले आफ्नाे नेतृत्वकाे सरकारले भ्रष्टाचार हुन नदिने प्रष्ट पारेका छन् ।
उनले अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब देखाइने पनि बताए ।
महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने र कहीँकतै भ्रष्टाचार भयो भनेर आशंकित नहुने पनि आग्रह गरे । याे विपतकाे समयमा सबैले मिलेर काम गर्नु पर्ने भएकाले कसैले पनि भ्रष्टाचारकाे विषयमा साेच्दा पनि नसाेच्ने बताए ।