काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीत तहहरुका जनप्रतिनिधिहरुले असाधारण हिसावले काम गरेको बताएका छन् । अहिले प्रतिनिधि सभा संसदकाे बैंठकमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै उनले साे कुरा बताएका हुन् ।
कोरोना भाइरसको जोखिम कम गर्नको लागि प्रदेश र स्थानीय तहहरुले गरेको कामको प्रशंसा गर्दै उनले सो कुरा तबताएका हुन् ।
अहिले विभिन्न मानिसहरुले अनियमितता र भ्रटाचारको विषयमा बोलेको बताउँदै त्यस्तो काम गर्ने जनप्रतिनिधि र आपत विपतको बेलामा भ्रष्टाचार नगरेको बचाउ पनि गरे ।
जनप्रतिनिधिहरु यस्तो विपतको समयमा स्वास्थ्य सामग्री बिनै विभिन्न क्वारेन्टाइनमा खएिको भन्दै प्रशंसा समेत गरे ।
उनले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शिर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।