शाइन रेसुङ्गाको डीसीईओमा लोकराज पनेरु, मंसिर १५ गतेदेखि लागू हुने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा लोकराज पनेरु नियुक्त भएका छन् । संस्थाले आगामी मंसिर १५ गतेदेखि लागू गर्ने गरी पनेरुलाई उक्त पदमा पदोन्नती गरेको हो । यससँगै संस्थाको उच्च व्यवस्थापन तहमा ५ जना कार्यरत रहेका छन् । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल रहेका छन् । साथै, नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा तीन जनाः प्रकाश गुरुङ्ग, पुष्करराज जोशी र लोकराज पनेरु कार्यरत रहेका छन् । त्यसैगरी, सार्जन भट्टराईले संस्थाकाे नायव महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।

निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले  रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने  बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् । सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा व्यक्ति तथा अनौपचारिक क्षेत्रका तथा सबै श्रमिकहरुलाई कोषको दायरामा लैजाने उनले बताए । उनले  श्रमिक तथा राेजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी रहि सुरक्षित भविष्यप्रति सजक हुन आग्रह गरे । यस्तै उप प्रधानमन्त्री ईश्वर पोखरेले सामाजिक सुरक्षा कोषको सुरुवातको समय चुनौती पुर्ण भएता पनि आगामी दिनमा सबै श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुन अनिवार्य रहेको बताए । कल्याणकारी दायित्वका साथ लागेका श्रमिक तथा रोजगारदाताका विषयमा कोषले निर्माण गरेको नीति, कानुन तथा कार्यविधि लागुमा केहि समस्या देखिएपनि सबै क्षेत्रका प्रतिष्ठानसँग छलफल गरी सरकार अगाडी बढ्न चाहेको उनकाे भनाइ छ । ‘सन् २०३० सम्ममा गरिबी अन्त्यका लागि कोषले प्रमुख भूमिका खेल्ने छ’ उनले भने, श्रमिकलाइ भोक भाकै मारेर उद्योग मोटाउने तथा कम्पनी डुबाएर श्रमिक मोटाउने कार्यको गर्ने कोषको लक्ष्य नभई, श्रमप्रति कर्तव्यनिष्ठ र श्रमिकको उच्च सम्मको सहि मूल्याकंनका साथ कोषले काम गर्छ ।’ हालसम्म कोषमा १० हजार ४ सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ श्रमिक तथा रोजगारदाताको योगदान स्वरुप रकम जम्मा भएको छ । गतवर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा औपचारिक रुपमा शुरु भएको सामाजिक सुरक्षा कोष गतवर्ष मंसिर ११ गतेदेखि शुरु भएको थियो । श्रमिकको सुरक्षित भविष्यका लागि लक्षित गरि शुरु गरिएको सो कोषमा ६९ वटा जिल्लाका संघसंस्थाहरु समेठिएका छन् भने कोषबाट दुई आश्रित परिवारले सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, वित्तीय क्षेत्रमा २७ वर्षको अनुभव

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।