फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।

ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार  सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ व्यवस्थित उद्योग सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उद्योगीहरु कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको बताएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उद्योगहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागिता गराउन नसकिएको समेत जानकारी गराए । यस्तै, सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै ग्रील तथा स्टील व्यवसायीहरुले आफ्ना श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गरेका थिए। कार्यक्रमका सभापति सुनसरी जिल्लाका अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्योगलाई कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताएका छन् । साथै, ग्रील उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन सरकारसँग आग्रह समेत गरेका थिए । उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

वैदेशिक राेजगार विभागमा पर्ने उजुरी ४५ प्रतिशतले घट्याे, तीन महिनामा जम्मा साढे १३ करोड शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षकाे  पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा  आउने उजुरीकाे संख्या ४५ प्रतिशतले घटेको हो । चालु  आवकाे कार्तिक मसान्तसम्मकाे तथ्याङ्क अनुसार विभागमा १ सय ७७ वटा उजुरी परेका छन् भने गत आवकाे प्रथम चाैमासिकमा ३ सय ११ वटा उजुरी परेका थिए । विभागका महानिर्देशक डा. भीष्म कुमार भूसालले पछिल्लाे समय विभागमा उजुरी कम पर्ने गरेकाे बताए । उनले  खाडी मुलुकमा जाने श्रमिकको मात्र नभई युरोप, अमेरिका जस्ता विकसित देशमा जाने श्रमिकको गुनासो विभागमा आउने गरेको बताए ।  गत वर्षको पहिलो चौमासिकमा विभागमा आएको उजुरीमा ५९ वटा अदालतमा दर्ता भएकाे उनकाे भनाइ छ। यस वर्ष भने ९८ उजुरी अदालतमा दर्ता  भएका छन् । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष  १७ करोड ५३ लाख ७४ हजार विभागमा दावी रकम रहेकाे थियाे भने हाल १३ करोड ६६ लाख ६९ हजार रहेको छ । यस्तै गत वर्षको दोस्रो चौमासिकमा २५३ उजुरी र तेस्रोमा २८१ उजुरी विभागमा परेका थिए । ति मध्ये ८ सय ५५ वटा मुद्दा विभागमा दर्ता भएका छन् । गत वर्षकाे दाबी शुल्क भने ५६ करोड ११ लाख २९ हजार रहेकाे थियाे । गतवर्षको पहिलो चौमासिकमा ५९ वटा अदालतमा दायर भएका थिए भने दोस्रो ५० र तेस्रो एक सय  गरी गत वर्ष कुल २ सय ९ मुद्दा विभागबाट अदालतमा पेश भएका थिए । महानिर्देशक भूषालले श्रमिकका गुनासो सुनुवाइर्मा विभाग केन्द्रित वैदेशिक रोजगार विभागमा आएका गुनासोलाई मध्यनजर गर्दै आफ्नो कामलाई तिव्रता दिएकाे बताए । पछिल्लो समय विभागमा विदेशिने मोहमा नक्कली विवाहदेखि पूर्जासम्म नक्कली गरेका विषयमा गुनासो आउने गरेकाे उनकाे भनाइ छ । विभागमा आउने गुनासोमा धेरै जसो मानिस गैर कानुनी माध्यमबाट वैदेशिक रोजगार जान लागेका तथा गरेर दु.ख पाएका व्यक्तिहरू आउने गरेका छन् ।