काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सुजन चिलुवाल नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सञ्चालक नविन माकजुको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा सेयरधनी सुजन चिलुवाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी, कम्पनीका सञ्चालक तथा अध्यक्ष सरोज काजी श्रेष्ठले निजी व्यस्तताको कारण देखाउँदै भदौ २३ गते दुवै पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सोही बैठकले सञ्चालक चिलुवाललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले सञ्चालक र अध्यक्ष नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित निकायलाई गराएको छ ।