‘मिस एप्रोच’ भएपछि टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं । बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

दुर्घटनास्थलबाट ५ जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागेका हुन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा भएकाे दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको निधन भएको छ।