मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा व्यावसायिक सम्झौता भएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल तथा पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।

त्यस्तै, १० जनाभन्दा बढीको समूहमा होटल बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि छुट तथा सुविधा लिन सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले होटल तथा रिसोर्टसँग यस्तो सम्झौता गरेको जनाएको छ ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने कर्जासम्बन्धी सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

Share News