सिद्धार्थ बैंकको साधारण सभा असोज २८ मा, असोज १६ गते बुक क्लोज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २५औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज ५ गते बसेको ४८३औँ बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार वार्षिक साधारण सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज हुनेछ ।

यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई बैंकको सेयरधनी दर्ता किताबमा कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, छलफल गर्न र मतदान गर्न पाउनेछन् ।

बैंकका अनुसार वार्षिक साधारण सभासम्बन्धी विस्तृत सूचना असोज ६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरिनेछ ।

यस्तै, सञ्चालक समितिले ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को नगद लाभांश वितरण प्रयोजनका लागि पनि असोज १६ गते नै दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

Share News